२६ वर्षीय डिलबहादुर मृतावस्थामा फेला

२६ वर्षीय डिलबहादुर मृतावस्थामा फेला

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २९, २०७६

पर्वत । पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक मृतावस्थामा फेला परेका छन् ।

अत्याधिक मादक पदार्थ सेवनका कारण डिलबहादुर नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । 

त्यस्तै बाजुरा जिल्लास्थित बडिमालिका नगरपालिका–९ चौराटाका ३५ वर्षीय जङ्गबहादुर विष्ट ठुलीगाड नजिक मृत अवस्थामा भेटिएका हुन् ।

मालिका नमूना माविमा कार्यरत विष्टको मृत्युबारे अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धानपछि मात्र शव परीक्षण गर्नुपर्ने माग आफन्तले राखेका छन्।