लागुऔषधसहित विप्लव र जयप्रकाश पक्राउ

लागुऔषधसहित विप्लव र  जयप्रकाश पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २९, २०७६

उदयपुर । लागुऔषधसहित उदयपुरको विभिन्न स्थानबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका–६ लालपत्ता प्रहरी चौकीले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको स १ ज ५०३ नम्बरको विङगर चेकजाँच गर्दा १३० पिस नाइट्रोभेट ट्याब्लेट लागुऔषधसहित विप्लव तामाङलाई नियन्त्रण लिएको छ ।

तामाङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

त्यस्तै बेलका नगरपालिका दिवाजोरमा मैनामैनी तर्फबाट आइरहेको को १२ प ७१०३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ४०० ग्राम गाँजासहित भोजपुरका २२ वर्षीय जयप्रकाश राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलकाका प्रहरी नायक निरीक्षक हरि खड्काले जानकारी दिनुभयो ।