‘मर्दानी २’ले दोस्रो दिनमा ६ करोड ५० लाख स‌ंकलन !

‘मर्दानी २’ले दोस्रो दिनमा ६ करोड ५० लाख स‌ंकलन !

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर २९, २०७६

काठमाडौं । शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘मर्दानी २’ बक्स अफिसमा औसत ओपनिङ गरेको छ ।

३ करोड ८० लाखको ओपनिङ गरेको यस चलचित्रले दोस्रो दिन ६ करोड ५० लाख कलेक्सन गर्दै आफ्नो नाममा १० करोड जम्मा गरेको छ । 

वास्तविक घटनामा आधारित भएर निर्माण भएको चलचित्रमा अभिनेत्री रानी मुखर्जिले एक निडर पुलिस अफिसरको भूमिका निभाएकी छन् । गोपी पुरथनले निर्देशन गरेको फिल्मलाई यशराज फिल्म्स ब्यानरबाट निर्माण गरिएको हो । 

अपेक्षाकृत ओपनिङ गर्न नसकेको चलचित्रको विषयवस्तुलाई भने दर्शक र समीक्षकले निकै प्रशंसा गरेका छन् । समीक्षकको राम्रो प्रशंसाले चलचित्रले दोस्रो दिन केही राम्रो व्यापार गर्न सफल भएको छ । आइतवार चलचित्रको व्यापारमा अझ धेरै सुधार आउने अपेक्षा गरिएको छ ।