अटाे दुर्घटनामा दुईको मृत्यु

अटाे दुर्घटनामा दुईको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २९, २०७६

धनकुटा । धनकुटाको छथर जोरपाटि गाउँपालिका २ मा आइतवार मध्यान्ह भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

हिलेबाट सिधुवातर्फ जाँदै गरेको को २ ह ६६११ को अटो विपरित दिशाबाट आइरहेको को१ ख ६९१२ को लो प्याट गाडीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटोका चालक धनकुटा नगरपालिका २ का २५ वर्षीय दशरथ पाख्रिन र त्यसमा सवार यात्रु तेह्रथुम छथर १ सुक्रबारेका ४५ वर्षीय साङ्गे शेर्पाको घटनास्थलमा नै ज्यान गएको प्ररहरीले जनाएको छ । 

यसैगरी, दुर्घटनामा छथरजोरपाटीका रविन घिमिरे र तेह्रथुमको लालिगुँरास नगरपालिकाका प्रदीप बस्नेत घाइते भएका छन् । घाइतेको धनकुटा जिल्ला अस्पतालमा उपचार हुँदै छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।