पीपीएल: काठमाडौंद्धारा पोखरासामु ११६ रनको लक्ष्य

पीपीएल: काठमाडौंद्धारा पोखरासामु  ११६ रनको लक्ष्य

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर २९, २०७६

पोखरा । आजबाट सुरु भएको पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा काठमाडौं गोल्डेन्स वारियर्सले पोखरा पल्टनसामु ११६ रनको लक्ष्य दिएको छ।

पोखरा क्रिकेट रंगशालामा जारी खेलमा काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाउन सफल भएको हो ।

काठमाडौंका लागि सुबोध भाटीले सर्वाधिक ४५ रनको योगदान गरे । उनले २९ बलमा ४ छक्का र ४ चौकाको मद्दतमा ४५ रन बनाएका हुन् ।

त्यस्तै गौरव तोमरले १३ र शुसन भारीले १० जोडे । अरु व्याट्सम्यानले भने दोहोरो अंकको रन जोड्न सकेनन्।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल ५ बलमा १ रन बनाएर आउट भए।

पोखराका लागि रशिद खान, ललित राजवंशी र कुशल मल्लले २–२ विकेट लिए। त्यस्तै प्रथमेश डाके र रर्वजित लड्डाले १–१ विकेट लिए।

पोखरा केहीबेरमा जवाफी व्याटिङमा उत्रिँदैछ।