‘१२ सत्ताइस’ को गीत सार्बजनिक (भिडियो सहित)
मंसिर २९, २०७६

काठमाडौं । माघ ३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र  ‘१२ सत्ताइस’ को शिर्ष गीत सार्वजनिक भएको छ । दीपक आरजेको स्वर तथा संगीत रहेको गीतमा चर्चित र्‍यापर गिरिश खतिवडाको र्‍याप रहेको छ । प्रकाश मल्लले लेखेको उक्त गीतमा दीपक र गिरिशसँगै गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु सबै रहेका छन् । 
 
‘पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ’ भन्ने सिद्धान्त बोकेका तीन बेरोजगार पात्रको कथामा आधारित चmचित्रलाई जोन योञ्जनले निर्देशन गरेका हुन् । भने, कथा पनि योञ्जनले नै लेखेका हुन् । फिल्ममा अभिषेक नेपाल, समिर श्रेष्ठ, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, विना कार्की, अस्मिता खनाललगायतका कलाकारहरुको अभिनय छ ।
 
ह्याप्पी प्ल्यानेट फिल्मस् र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा रेनु राना, दिपक खतिवडा र रुपक थापाको लगानीमा बनेको फिल्मको सह–निर्माता गौतम शाह हुन् । फिल्ममा दीपक आरजेको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, कृष्ण भण्डारीको सम्पादन र अनिश स्यांगदेनको छायांकन छ । फिल्म ‘१२ सत्ताइस’ उत्कृष्ट बनेको र दर्शकको मन जित्न सक्ने निर्देशक योञ्जनको दाबी छ। 

भिडियो यहाँ हेर्न सकिन्छ: