इन्टरनेटमा रोक लगाउनेमा भारत सबैभन्दा अगाडि

इन्टरनेटमा रोक लगाउनेमा भारत सबैभन्दा अगाडि

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर ३०, २०७६

‘म असमका मेरा दाजुभाइ दिदीबहिनीलाई आश्वस्त पार्न चाहन्छु कि उनीहरू नागरिकता संशोधन विधेयक पास भएकामा चिन्तित हुनुपर्दैन । म भरोसा दिलाउँछु, कसैले पनि तपाईंका अधिकार, फरक पहिचान र सुन्दर संस्कृतिलाई नामेट पार्न सक्दैन । यो पलिरहन्छ, फुलिरहन्छ ।’

उल्लिखित भनाइ प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट १२ डिसेम्बरमा गरिएको ट्विटको हो । यसमा एउटा समस्या छ । त्यो हो, जुन दिन प्रधानमन्त्रीले असमका मानिसका लागि इन्टरनेटका माध्यमबाट उक्त सन्देश दिए, त्यही दिन त्यहाँ इन्टरनेट थिएन ।

नागरिकता संशोधन विधेयक बुधबार राज्यसभाबाट पारित भयो । यस क्रममा असम, मेघालय, अरुणाचल प्रदेश र त्रिपुरासमेत प्रर्वोत्तर भारतमा ठूलाठूला प्रदर्शन सुरु भए । प्रदर्शनलाई देखेर राज्य सरकारहरूले इन्टरनेट सेवामा रोक लगाए ।

त्रिपुरा सरकारका अतिरिक्त सचिवले त १० डिसेम्बर अपराह्न २ बजेबाटै ४८ घन्टाका लागि एसएमएस सेवामा रोक लगाए । यो कदम लोकसभामा विधेयक पारित हुनेवित्तिकै चालियो ।

पूर्वोत्तर राज्यहरूमा मात्र होइन, उत्तर प्रदेशको अलिगढमा पनि विधेयकका विरुद्ध प्रदर्शनको खबर आउनेवित्तिकै १३ डिसेम्बर साँझ ५ बजेपछि इन्टरनेट सेवा रोकियो ।
योसमेत गर्दा भारतमा सन् २०१९ को अन्त्यसम्ममा ९१ प्टक इन्टरनेट बन्द गरिएको तथ्यांक छ ।

भारतमा सबैभन्दा बढी इन्टरनेटमा रोक

इन्रनेट सटडाउन्स वेबसाइटका अनुसार सन् २०१५ मा इन्टरनेट बन्द गराइएका १४ वटा घटना थिएन जबकि सन् २०१६ मा बढेर ३१ भयो । सन् २०१७ मा ७९ र सन् २०१८ मा १३४ इन्टरनेट बन्द गरिएका तथ्यांक देखिन्छ, जसमा ६५ पटक त जम्मु काश्मिरमा बन्द गरिएको थियो । सन् २०१९ मा बन्द गरिएका ९१ पटकमा ५५ पटक त जम्मु काश्मिरको मामलामा गरिएको छ ।

सन् २०१८ मा भारतमा १३४ पटक इन्टरनेट बन्द गराइएको थियो, जुन विश्वमै सबैभन्दा बढी हो । स्टेट अफ इन्टरनेट सटढाउन्सको रिपोर्टका अनुसार भारत यस सुचीमा सबैभन्दा माथि थियो र दोस्रो नम्बरमा पाकिस्तान थियो, जहाँ इन्टरनेट बन्द गराइएका १२ घटना मात्र थिए ।

भारत र पाकिस्तानपछि इन्टरनेट बन्द गराउने देशहरुमा इराक (७), यमन (७), इथियोपिया (६), बंगलादेश (५) र रुस (२) छन् ।

भरतमा विधेयकको विरोधमा प्रदर्शन सुरु हुनुअघि सर्वोच्च अदालतका तर्फबाट अयोध्या मुद्दामा फैसला सुनाइने क्रममा पनि केही समय इन्टरनेट बन्द गरिएको थियो ।

सबैभन्दा लामो रोक

इन्टरनेट सटडाउन् ट्र्याकरका अनुसार सबैभन्दा लामो इन्टरनेट सटडाउन भारतको जम्मु र काश्मिरमा रहेको छ । यो ८ जुलाई २०१६ देखि १९ नोभेम्बर २०१६ सम्म जारी रह्यो ।

८ जुलाई २०१६ मा बुरहान वानी सुरक्षा बलबाट मारिएपछि भएको प्रदर्शनका कारण त्यहाँ इन्टरनेटमा रोक लगाइएको थियो ।

पोस्टपेड प्रयोग गर्नेहरूको इन्टरनेट त १९ नोभेम्बरमा सुरु भयो तर प्रिपेड नम्बरहरूमा भने जनवरी २०१७ मा मात्र सुरु भयो । यस प्रकार लगभग ६ महिनाका लागि त्यहाा इन्टरनेट बन्द गरियो ।

बीबीसीका लागि शदाब नजमीको रिपोर्ट