ए डिभिजन लिग फुटबल आजदेखि पुनः शुरु

ए डिभिजन लिग फुटबल आजदेखि पुनः शुरु

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर ३०, २०७६

काठमाडाैं । सहीद स्मारक ए डिभिजन लिग फुटबल आजदेखि पुनः शुरुहुँदै छ ।
शनिबार उद्घाटन गरिएको लिग आइतबार मनाङ र जापानको टिमबीचको मैत्रीपूर्ण फुटबलका कारण स्थगित भएको थियो ।

मध्यान्ह १२ः ३० बजे विभागीय क्लब त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लब बिच प्रतिस्प्रर्धा हुनेछ । त्यस्तै दशरथ रंगशालामा दिउँसो २ः ३० बजे संकटा क्लब र च्यासल युथ क्लब को प्रतिस्प्रर्धा हुने छ । ए डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र क्लबले व्रिगेड ब्वाईज क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

संकटा र च्यासलबीचको रंगशालाको खेलसँगै झण्डै ५ बर्षपछि ए डिभिजन लिग फुटबल दशरथ रंगशालामा फर्कने छ ।