पिपिएलमा धनगढीको रोमाञ्चक जीत

पिपिएलमा धनगढीको रोमाञ्चक जीत

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर ३०, २०७६

काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टि–ट्वान्टी क्रिकेटको दोस्रो दिनको खेलमा धनगढी ब्लुजको जित भएको छ । 
सोमबार पोखरा रंगशालामा धनगढीले दिएको ११८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रन मात्र बनायो । विराटनगरका लागि पहिलो ओभरको पहिलो बलमा मोहमद जाहिद आलम आउट भएका थिए । विराटनगरका लागि ओपनरमा आएका दिलिप नाथ पनि बिनारन रन आउट भए ।   विराटनगरको तेस्रो विकेटको रूपमा सुनिल धमला १८ रन बनाएर आउट भए। उनलाई अमित खरेलले आउट गराएका थिए ।
 
विराटनगरको चौथो विकेटको रूपमा कप्तान प्रदीप सिंह ऐरी आउट भए। उनलाई सागर ढकालले क्याच आउट गराए। विराटनगरका लागि पाँचौ विकेटको रुपमा नोमन खान आउट भए। उनलाई सागर ढकालले १३ ओभरको दोस्रो बलमा ११ रनमा क्याच आउट गराए। विराटनगरका लागि पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका राजु रिजाल २५ रनमा आउट भए। उनलाई अमित यादवले क्याच आउट गराएका हुन्। विराटनगरको लागि आठौं विकेटको रुपमा राजेस पुलामी मगर २ रन बनाएर आउट भए उनलाई धनगढीका कप्तान दीपेन्द्र सिंह ऐरीले क्याच आउट गराए।  टस हारेर ब्याटिङ गरेको धनगढीका लागि ओपनरमा आएका सन्दीप सुनार दोस्रो ओबरको तेस्रो बलमा ३ रन बनाएर आउट भए। किशोर महतको बलमा उनलाई जितेन्द्र मुखियाले क्याच आउट गरेका थिए। धनगढीका लागि ओपनरमा आएका रोर्डिगो थोमस १६ रन बनाएर आउट भए। उनलाई नोमन खानले आउट गराए।

 सातौं ओभरको पहिलो बलमा धनगढीको तेस्रो विकेटको रुपमा कप्तान दिपेन्द्र सिंह ऐरीलाई साहव आलमले आउट गराएका हुन्। उनी गोल्डेन डक आउट भएका हुन्। श्रीमान्त विजयरत्न मेहेरा २५ रनमा आउट भए। उनलाई पुनित मेहेराले क्याच आउट गराए। धनगढीका लागि पाँचौँ विकेटको रुपमा सन्दीप जोरा ६ रन बनाएर आउट भए। उनलाई सोहब आलमले ११ ओभरको दोस्रो बलमा क्याच आउट गराएका थिए। 

सोहब आलमले ११ ओभरको चौथो बलमा अमित यादब ३ रनमा आउट भए। धनगढीका लागि सातौं विकेटको रुपमा मन्जीत श्रेष्ट १४ ओभरको तेस्रो बलमा आउट भए। उनलाई जहिद आलमले ११ रनमा बोल्ड आउट गराएका हुन् ।