पत्नीलाई प्रभावित गर्न २१८ टन तौलको रेल ताने इवान सैकिनले

पत्नीलाई प्रभावित गर्न २१८ टन तौलको रेल ताने इवान सैकिनले

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १, २०७६

काठमाडौं, एजेन्सी । रूसका ३४ वर्षीय इवान सैकिनले २१८ टन तौलको रेल तानेर विश्व रेकर्ड कायम गरेका छन् । उनले व्लादिवोस्तोक शहरमा उक्त वजनको रेल तानेका हुन् । रूसमा ह्यूमन माउंटेन नामले चर्चित इवानले यस उपलब्धिका लागि गएको एक वर्ष देखि तयारी गरेका थिए । 

उनले यो रेल उनको हुनेवाला पत्नीलाई प्रभावित गर्नका लागि तानेका थिए । उनको अबको लक्ष्य भने १२ हजार टन तौल भएको जहाज तान्ने रहेको छ ।

रूसी मिडियाका अनुसार संसारमा यो भन्दा पहिले पनि रेल्वे इंजिन, जहाज तथा विमान तानिएका छन् । तर यति धेरै तौल मांशपेशीको बलमा तानिएको यो नै पहिलो घटना हो । 

यस भन्दा पहिले एशियाका वेलु रथकृष्णनले मलेशियाको क्वालालाम्पुर रेल्वे स्टेशनमा सन् २००३ मा दांतले २६०.८ टन को दुई केटीएम रेललाई ४.२ मिटर सम्म तानेर विश्व रेकर्ड बनाएका थिए ।