सय भाषा बोल्ने रोबोट !

सय भाषा बोल्ने रोबोट !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष १, २०७६

काठमाडौं, एजेन्सी । ईरानको तेहरान विश्वविद्यालयले एउटा यस्तो रोबोट बनाएको छ जसले सय भाषा बोल्न सक्छ । यो रोबोटले सय भाषा बोल्ने मात्र नभएर भाषालाई बुझेर अनुवाद गर्ने काम पनि गर्छ । यसको विशेषता यति मात्र नभएर यसले मानिसको मुहार पहिचान गर्न सक्छ भने फुटबल पनि हान्न सक्छ । रिपोर्टमा जनाइए अनुसार विश्वविद्यालयको फ्याकल्टी अफ इंजीनियरिंगले चार वर्ष लगाएर यो रोबोट तयार गरेको हो । 

यसको नाम ‘सुरेना’ राखिएको छ । यसले वस्तुहरु पनि उठाउन सक्नेछ । सय भिन्न भिन्न वस्तुको पहिचान समेत यसले गर्नेछ । ‘सुरेना’ले मानिसहरुसँग हात मिलाएर अभिवादन पनि गर्ने गर्छ ।

उक्त रोबोटको लम्बाई १७० सेन्टिमिटर तथा तौल ७० किलोग्राम रहेको छ । यो रोबोट एक घण्टमा ७०० मिटर चल्न सक्छ । साथै यो उबड–खाबड जमीनमा पनि अगाडी पछाडी मोडिएर सन्तुलन बनाएर अडिएर हिंड्न सक्छ ।