सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १, २०७६

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आइतबार र सोमबार स्थिर मूल्यमा कारोबार भए पनि आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । 

आज सुन प्रतितोला दुई सय र चाँदी प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको महासंघका जनाएको छ ।  आजको लागि छापावाला सुन प्रतितोला ७१ हजार ५०० र तेजावी सुन प्रतितोला ७१ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । 

त्यसैगरी, आइतबार र सोमबार प्रतितोला ८४५ रुपैयाँमा कारोबार भएको चाँदी  आज प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।