सुरक्षागार्डको पेस्तोल बोकेर प्रेमी फरार

सुरक्षागार्डको पेस्तोल बोकेर प्रेमी फरार

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १, २०७६

काठमाडौं । उच्च अदालत जनकपुरका एक न्यायाधीशकी सुरक्षागार्डको पेस्तोल बोकेर उनका प्रेमी फरार रहेको खुलेको छ। 

न्यायाधीश शकुन्तला घिमिरेकी सुरक्षा गार्ड प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी सात राउन्ड गोली लोड भएको पेस्तोलसहित फरार भएको खुलेको हो।

प्रहरीका अनुसार केवटका प्रेमी नवलपरासी देउडवा–६ का २४ वर्षीय सिबेन्द्र यादव हुन्। प्रहरी स्रोतका अनुसार केवट र उनका प्रेमी यादवबीच विवाद भएपछि यादव पेस्तोल लिएर फरार भएका हुन् । केवट जनकपुर उपमहानगरपालिका–४ भैरव चोकमा डेरामा बस्दै आएकी थिइन्।

यादव मंसिर १९ गतेबाट सँगै कोठामै बस्दै आएको बुझिएको छ। प्रहरीले रनितालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।