‘दुःखको काँडा’मा सनिषकाे आवाज !

‘दुःखको काँडा’मा सनिषकाे आवाज !

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष १, २०७६

काठमाडाैं । ‘दि भ्वाइस अफ नेपाल–२’ को टप ४ मा पर्न सफल भएका गायक सनिष श्रेष्ठले ‘म यस्तो गीत गाउँछु २’को लागी गीत गाएका छन् ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘दुःखको काँडा’ बोलको गीत गाएमा सनिषले आवाज भरेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको उक्त गीत उनले, काठमाण्डौका एक रेकडिङ स्टूडियोमा यो गीत रेकर्ड गराएका छन् । 

‘दि भ्वाइसमा सनिषको आवाज सुनेपछि चलचित्रको यो गीतमा उनको आवाज सुहाउने आशा गरेर उनलाई गीत गाउन आग्रह गरेको र उनको स्वरले गीत झनै दमदार बनेको छ ।’ संगीतकार पोखरेलले भन्नुभयो । 

चलचित्रमा गीत गाउँन पाँउदा सनिष खुशी भएका छन् । रियालिटी शोबाट जन्मिएका गायक–गायिकाको उपस्थितीले नेपाली चलचित्र पछिल्ला केही बर्षयता बलियो बन्दै गएको छ ।