१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १, २०७६

सप्तरी । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा डाक्नेश्वरी नगरपालिका–५ बस्ने २० वर्षीय सियाराम मण्डल खत्वेलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ । 

सियारामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।