सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १, २०७६

काठमाडौं । धनुषा र रोल्पाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । 

धनुषा, जनकपुर उपमहानगरपालिका–१८ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ज.९ प ८५६५ नम्बरको मोटरसाइकललाई सोमबार सावझ ठक्कर दिँदा गम्भीर घाइते भएला मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने ४२ वर्षीय बिनोद यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीलौ खोजी गरिरहेको छ । 

रोल्पा, रुन्टिगढी गाउँपालिका(२ स्थित सडकमा रा.१ त २२२१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५ मिटर तल खसेर सोमबार राति दुर्घटना हुँदा सुनिलस्मृति गाउँपालिका–१ घोडागाँउ बस्ने ३० वर्षीय सोनु नेपालीको उक्त ट्रयाक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको छ । 
     
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।