आगलागी हुँदा करिब १२ लाख बराबरी धनमाल जलेर नष्ट

आगलागी हुँदा करिब १२ लाख बराबरी धनमाल जलेर नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १, २०७६

रौतहट, गौर नगरपालिका–७ सिस्वाटोल बस्ने अब्दुल कलाम र सनकै भाइ अब्दुल सलामको घरमा करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा दुवै जनाको घर तथा घरभित्र दुई वटा मोटरसाइकल समेत पूर्णरुपमा जलेर करिब १२ लाख १८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

खोटाङ, खोटेहाङ गाउँपालिका–७ खोटाङबजार बस्ने मनिकलाल प्रधानको घरमा करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर तथा उक्त घरमा संचालनमा रहेको पुस्तक पसल र मोबाइल पसल समेत पूर्णरुपमा जलेर करिब ६३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।      

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।