इराकमा आन्दोलनका लागि पहिलो पटक महिला सडकमा !

इराकमा आन्दोलनका लागि पहिलो पटक महिला सडकमा !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष २, २०७६

काठमाडौं, एजेन्सी । इराकमा सरकारको भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार तथा रोजगारीका लागि डेढ महिना देखि सरकार विरुद्व प्रदर्शन भैरहेको छ । यस प्रदर्शनमा दैनिक हजारौं महिलाले भाग  लिन थालेका  छन् । पहिलो पटक इराकमा कुनै पनि ठूलो आंदोलनमा महिलाको उपस्थिति देखिएको  पहिलाे पटक हाे । 

आफ्ना माता–पिता तथा पतिको मंजुरी विना पनि महिलाहरु विरोध र्‍यालीमा शामेल भइरहेका छन् । विरोध प्रदर्शनको प्रमुख केन्द्र बगदादको तहरीर चोकको भित्तामा नारी शक्तिको चित्र बनाइरहेका छन् । 

इराक पितृसत्तात्मक देश हो । यसकारण पनि यसपटकको महिला सहभागितालाई अह्म रुपमा लिइएको छ । महिलाहरुको यो आन्दोलनको कुनै बेग्लै राजनीतिक एजेंडा नभए पनि भ्रष्टाचारमाथि नियन्त्रण हुनुपर्ने बताउँछन्, चाहे त्यो जो सुकैको सरकार होस् । यसकारण पनि आन्दोलनमा उनीहरुको संलग्नता रहेको भन्ने उनीहरुको भनाई छ ।

यस आन्दोलनलाई लिएर महिलाहरु भन्छन, हामी जुन समाजमा रहिरहेका छौं त्यस हिसाबले यो आन्दोलन हाम्रा लागि कठिन छ किनकि जहाँ महिला तथा पुरुष कहिले पनि काँधमा काँध मिलाएर हिंडेका छैनन । यो आन्दोलन हाम्रा लागि सामाजिक उपलब्धि हो ।

इराक भएको प्रदर्शनको दौरान अहिलेसम्म हालसम्म ४ सय जनाको ज्यान गैसकेको छ ।