६०९ वर्ष पुरानो मस्जिदलाई ५ किमि पर सारियाे

६०९ वर्ष पुरानो मस्जिदलाई ५ किमि पर सारियाे

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष २, २०७६

काठमाडौं, एजेन्सी । टर्कीको ६०९ वर्ष पुरानो एउटा मस्जिद ड्यामको पानीमा डुब्ने खतरा भएपछि त्यसलाई ५ किमि पर सारिएको छ । 

इर रिज्क नाम गरेको यस मस्जिदलाई हसनकैफ शहरबाट तिगरिस इलाकामा सारिएको हो । वास्तवमा हसनकैफमा इलिसु बांध बनाउँदै गरेका कारण यो क्षेत्र चाँडै नै डुब्दै छ । त्यसकारण मस्जिदलाई सारिएको हो । मस्जिदको निर्माण १४०९ मा एबु अल मेफाहिरले गरेका थिए । 

मस्जिदको वजन करीब १७०० टन रहेको बताइएको छ । स्थानीय प्रशासनका अनुसार मस्जिदको सेल्फ प्रोपेल्ड मड्युलर ट्रांसपोर्टरको सहायताले शिफ्ट गरिएको हो । अब यो मस्जिदको स्थान तिगरिस नदीको किनारा बनेको छ । 

स्थानीय प्राधिकरण मस्जिदका अलावा अन्य कैयौं ऐतिहासिक चिज जोगाउने कोशिशमा लागेको छ । मस्जिदको अलावा १२ भन्दा धेरै पुराना ऐतिहासिक चिजहरु यहाँबाट स्थानान्तरण गरिसकिएको छ ।