अवैध लागूऔषध सहित  ३० वर्षीय मुग्राती पक्राउ

अवैध लागूऔषध सहित  ३० वर्षीय मुग्राती पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २, २०७६

कास्की । पोखरा महानगरपालिका-५ ज्योती मार्ग बस्ने दोलखा भिमेश्वर नगरपालिका-५ घर भएका ३० वर्षीय नारायण मुग्रातीलाई नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ३४ एम्पुल, डाईजेपाम ३४ एम्पुल, फेनरागन ३४ एम्पुल र मोबाइल १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले मुग्रातीलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।