भक्तपुरमा ७ जना जुवाडे पक्राउ

भक्तपुरमा ७ जना जुवाडे पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २, २०७६

भक्तपुर । सूर्यविनायक नगरपालिका–४ दधिकोट सिमले बस्ने ३४ वर्षीय पासाङ तामाङको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा पासाङ तामाङ लगायत ७ जनालाई नगद २ लाख ७ हजार ८ सय ८५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको  छ । 

महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।