विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २, २०७६

काठमाडौं । कञ्चनपुर, सिन्धुली र चितवनका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटना परी ४ जनाको मृत्यु भएको छ । 

कञ्चनपुर, भिमदत्त नगरपालिका–१० स्थित सडकमा डिएल ०१आरटि ८९४२ नम्बरको कार र म.२ प ९४९५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–४ भगतपुर बस्ने ४९ वर्षीय चन्द्र बहादुर तामाङको अञ्चल अस्पताल महाकालीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका कार चालक भिमदत्त नगरपालिका जिमुवा बस्ने ३० वर्षीय राकेश बमको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सिन्धुली, सुनकोशी गाउँपालिका–५ बन्दिपुरस्थित सडकमा बा.३ ख ५१८७ नम्बरको बस टर्निङमा फसेकोले निकाल्ने क्रममा सोही बसले च्यापियर सोही ठाउँ बस्ने २५ वर्षीय ईन्द्र बहादुर सुनवारको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 
चितवन, ईच्छाकामना नगरपालिका–७ भालुटारस्थित सडकमा ना.१ च ९४१२ नम्बरको गाडी अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका गाडीमा सवार ईच्छाकामना नगरपालिका–१० बस्ने ३५ वर्षीय सुरज पौडेलको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।