नगद तथा सुन चोरी

नगद तथा सुन चोरी

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने पर्सा वीरगंज महानगरपालिका–१३ पिपरा घर भएका ४१ वर्षीय सुरज कोईरालाको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी  १ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको  छ । 

यसैगरी काठमाडौं महानगरपालिका–२६ कपुरधारा डेरा गरी बस्ने मोरङ घर भएका २२ वर्षीय बसन्त विकको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब १ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । 

यसैगरी काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा डेरा गरी बस्ने मकवानपुर घर भएको गंगा थापाको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब २ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ । 

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।