आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित शेर्पा गुम्बा छेउँमा रहेको एक तले भवनमा मंगलबार राति आगलागी  हुँदा भवन पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन । 

मोरङ, रंगेली नगरपालिका–३ बाबु सहायक टोल बस्ने मोहन शाही ठकुरीको ३ बिगाहा खेतको धानको कून्यूमा मंगलबार राति आगलागी हुँदा धान र पराल जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक  अनुसन्धान गरिरहेको छ ।