'छ वर्षमा ५०१ स्कुलका ७२२ बालबालिकाको बहिरोपन हटाउन निःशुल्क अप्रेसन गरेका छौ'

डा. मिलन महर्जन इएर केयर नेपालको अध्यक्ष तथा वरिष्ठ कान रोग बिशषज्ञ हुनुहुन्छ ।  विश्व स्वास्थ्य स‌ं३का अनुसार  विश्वका ६ प्रतिशत जनसङ्ख्या बहिरोपनको समस्याबाट  पीडित छन् भने नेपालमा  पनि १६‍‍.६ प्रतिशत रहेको आँकडा रहेको छ । इएर केयर नेपालले  १५ भन्दा बढी जिल्लाका ५०१ विद्यालयमा गरेको परिक्षाणा ५- १५ वर्ष उमेर समूहका ७५ हजार बालबालिकाको परिक्षाण गर्दा ११ प्रतिशत भन्दा बढीमा बहिरोपनको समस्या देखिएको छ । यसरी पहिचान गरिएका मध्ये पनि ७२२  इएर केयर नेपालले काठमाडाै‌ ल्याई निःशुल्क रुपमा अप्रेशन गरी बहिराेपन हटाउने प्रबन्ध मिलाएकाे छ । लाेकसंवाद डटकमले इएर केयर नेपालकी अध्यक्ष डा. मिलन महर्जनसँग कान राेगकाे उपचारकाे  विषय, विद्यालयमा  सञ्चालन भएकाे कान परीक्षण, स्राेत र सरकारी  निकायसँगकाे समन्वयकाे बारेमा केन्द्रीत रहेर अन्तर्मन्थन गरेको  थियाे । प्रस्तुत छ, उक्त अन्तर्मन्थनकाे मूलअ‌शः

बालबालिकामा बहिरोपन अर्थात् कानको श्रवण शक्ति सुरक्षाका लागि इएर केयर नेपालले धेरै राम्रो काम गरेको छ भन्नुहुन्छ । केके गर्नुभएको छ हालसम्म र कहाँकहाँ गर्नुभएको छ ?

हामीले स्कुलबेस कानको कार्यक्रम चालएका छौँ । नेपालका विभिन्न जिल्लामा गएर कानको शिविर गर्ने, स्कुलस्कुलमा बच्चाहरूको कानको परीक्षण गर्ने, उपचार गर्ने र औषधिहरू वितरण गर्नुपर्ने सबै गर्छौं । बच्चाहरूलाई कान स्वास्थ्य शिक्षाको विषयमा हामीले पढाएका हुन्छौँ ।

केके चुनौती सामना गर्नुभएको छ ?

चुनौती धेरै छन् । वित्तीय आवश्यकता पनि छ । सहकार्यको पनि आवश्यकता छ । सरकारी निकायबाट, स्थानीय स्कुलहरूबाट स्वीकृति पाउनेलगायतका विषय  नै चुनाैती हुन । 

त्यसको मतलब स्कुलमा सेवा दिन अनुमति पाउन पनि गाह्रो छ ?

हजुर, सहकार्य र समन्वय हाम्रा लागि चुनौती हो । यसका साथै वित्तीय अपेक्षा पनि छ । यो सबै सेवाका लागि हो । म्यानपावर पनि आवश्यक देखिएको छ ।

कति वर्ष भयो अभियान चलाएको ?

सन् २०१३ बाट सुरु गरिएको हो । ६ वर्ष भएको छ ।

६ वर्षमा कति स्कुलमा सेवा दिनुभयो त ?

६ वर्षमा सानो म्यानपावरका बाबजुत पनि अहिलेसम्म विभिन्न जिल्लाका ५०१ वटा स्कुलमा काम गरेका छौँ । ७५ हजारभन्दा बढी विद्यार्थीलाई सेवा दिएका छौँ ।

स्कुलमा गएर केके गतिविधि गर्नुहुन्छ ?

यसमा तीनवटा पक्ष छन् । एउटा, बच्चाहरूलाई कानको रोग, बहिरोपन छ कि छैन भनेर जाँच गर्छौं । दोस्रो, शिक्षा हो । नेपालमा लगभग ७०–७५ प्रतिशत बच्चारहरूमा बहिरोपन रोकथाम गर्न सकिने कारण भएकाले र रोकथाम साधारण जानकारीबाट पनि कम गर्न सकिने भएकाले बच्चालाई पढाउछौँ । बच्चा र क्लास टिचरलाई पनि पढाइने गरिन्छ, जुन एकदमै जरुरी रहेको छ अनि उपचार पनि गर्छौं ।

तपाईंहरूको अभियानबाट अहिलेसम्म कति बच्चाले लाभ लिएका छन् त ?

७५ हजार बच्चाले लाभ लिइसकेका हाम्रो तथ्यांकमा छ । त्यसमध्ये पनि मेजर कानको अपरेसन ७२२ जना बच्चाको गरिएको छ । अन्य कामहरू पनि गरिएको छ ।

बच्चालाई निःशुल्क वा सशुल्क उपचार गर्नुहुन्छ ?

यो परामर्शको कार्यक्रम शत प्रतिशत निःशुल्क हो । अपरेसनका लागि सुरुमा निःशुल्क गरेका हौँ । अहिलेलाई भने अपरेसन गर्नुपर्ने विद्यार्थीलाई हामी दर्ता शुल्क भनेर २५ सय रुपैयाँ लिने गर्छौं । त्यो पनि इयर केयर नेपालको फन्डमा जाने गर्छ । यो २५ सय उनीहरूको अपरेसन गर्नुभन्दा अगाडि ब्लड टेस्टदेखि लिएर अन्यमा खर्च हुन्छ । हस्पिटल नछाडुन्जेलसम्मको जति पनि मूल्य हुन्छ, डिस्चार्ज हुने बेलासम्मको मूल्य हामीले व्यहोर्छौं ।

यसका बारेमा जसले सुन्ने अवसर प्राप्त गरे, उनीहरूको भनाइ के छ ?

त्यति राम्रो गर्नुभयो भनेर त आएको छैन । सायद राम्रो गर्नुभयो भन्न गाह्रो मान्छन् नेपालीहरू । तर हामी आफैँलाई खुसी लाग्छ । हामीलाई सन्तुष्टि प्राप्त हुन्छ ।

यसमा पनि बच्चाको कानले पहिले नसुन्ने हुँदा साथीहरूले कुरा काट्दा उसलाई के भने भन्ने हुँदोरहेछ । उसले पछि आएर साथीहरूले कुरा काट्दा सुन्छु भनेको थियो । अर्को पनि सुत्दाखेरि केही पनि सुनेकी थिइनँ, बिहान उठ्दा चरा कराएको सुनेँ भन्दा पनि खुसी लागेको थियो ।

यो पाँच वर्षदेखि १५ वर्ष उमेर समूहका बच्चाको शैक्षिक विकास सबैभन्दा महत्त्वपूर्ण रहेको छ । बहिरोपन भन्नाले नेपालमा बहिरो भन्दा बोली नआएकालाई भन्छौँ भने त्यो होइन । कान नसुन्दा वा कम सुन्दा वृत्ति विकासमा ठूलो प्रभाव पार्छ ।

शिक्षामा यसलाई किन महत्त्व दिएन जस्तो लाग्छ ?

सबैभन्दा ठूलो दुःख यही लाग्छ । सरकारले त्यति प्राथमिकता दिएझैँ लाग्दैन । अन्य देशमा पनि बहिरोपन अरू समस्या जस्तो देखिँदैन । यस कारणले यसलाई कहीँ नदेखिने भएकाले बाहिर पनि महत्त्व नदिएको देखिन्छ । नेपालमा त यसको धेरै नै समस्या रहेको छ ।

७५ हजारलाई स्याम्पल मान्ने हो भने कति प्रतिशत बालबालिकालाई बहिरोपन गाँजेको पाइन्छ ?

नेपालमा यसबारे सर्भे अन्तिम पटक सन् १९९१ मा भएको हो । त्यो सर्भेअनुसार १६.६ प्रतिशत पूरा जनसंख्यामा बहिरोपनको समस्या छ भन्ने छ, जुन एसियाको सबैभन्दा बढी हो । पूरै एसियामा यति धेरै बहिरोपन कहीँ पनि छैन ।

पाँचदेखि १५ वर्ष उमेर समूहको त डाटा नै छैन । यो उमेर समूहमा कान पाक्ने रोग नै मुख्य कारण हो बहिरोपनको भन्ने डाटा छ । कति प्रतिशत भन्ने छैन । यो स्टडी भएको छैन । हामीले ७५ प्रतिशतलाई आधार मान्दा ११ प्रतिशत बच्चामा कानको समस्या देखिएको छ ।

अन्धोपनमा धेरै राम्रो काम भएको छ । कानको सजिलो नभए पनि गर्न सकिन्छ । कानमा सचेतना कम छ । कानको समस्या नदेखिने भएका कारण पनि समस्या छ । आँखामा राम्रो गरियो भने कानमा पनि गरिन्छ ।

त्यसले गर्दा शिक्षा र वृत्ति विकासमा असर गरेको छ ?

अवश्य ।

११ प्रतिशत बच्चालाई राज्यले बेवास्ता गर्‍यो भन्दा गलत होला ?

 गलत हुँदैन ।

७५ हजारसँग अध्ययन गरिँदा बहिरोपनको कारण के रहेछ ? जन्मजात कति, अरू कति ?

मुख्य कारण त यो उमेरमा ८० प्रतिशत कारण भने कान पाक्ने रोग नै हो, जुन सजिलै रोकथाम गर्न सकिन्छ थाहा भयो भने । समयमै उपचार गर्दा समधान हुन्छ । जन्मजात यस्तो समस्या भनेको १ प्रतिशतभन्दा पनि कम रहेको छ । कानको समस्या कान पाक्ने रोगले नै मात्रै हुन्छ ।

जन्मजात कति प्रतिशतमा देखिनेरहेछ ?

यस सम्बन्धमा यो डाटा हामीसँग छैन । राज्यले पनि अध्ययन गरेको छैन तर एक प्रतिशतभन्दा कम हुने आँकलन छ ।

अभिभावक वा बच्चासचेत हुँदा समाधान गर्न सकिन्छ ?

यो नै हो गर्नुपर्ने । अहिले इयर केयर नेपालले यही गर्न खोजेको छ । यो उमेर समूह र यो कारणलाई फोकस गरेर कार्यक्रम चलाएको कारण पनि यही हो ।

कति महँगो छ उपचार ?

नेपालमा हामी नाक, कान, घाँटीका डाक्टर धेरै कम छौँ । २०० जना पनि छैनौँ । अहिलेको अवस्थामा तीमध्ये पनि धेरैजसो काठमाडौं, पोखरालगायतका ठूला शहरमा सीमित रहेको अवस्था छ । कानको उपचार नेपालमा एकदमै लिमिट रहेको छ ।

उपचारकै पहुँच कम छ । त्यसमाथि दक्ष विशेषज्ञ कम भएका कारण धेरै महँगो हुन्छ । सप्लायर र डिमान्डको कुरा हो । अहिले डिमान्ड धेरै छ, सप्लाई कम भएपछि महँगो भइहाल्छ नि !

जनशक्ति कम भएपछि त्यस्तो प्रभाव देखिएको छ । जनता सचेत पनि नभएको देखिएको छ । उपचार खोज्न गाह्रो छ ।

यो अभियान चलाउन कसरी स्रोत जटाउनुभएको छ ?

सुरुमा त प्यासनबाहेक अरू केही हुँदैन । यो मेरो सपना मात्रै थियो। आफ्ना साथीभाइ र परिवारको सहयोगमा मात्रै सुरु गरेको हो । दुई–तीन वर्ष त्यही सहयोगले मात्रै काम गरिएको हो ।

सानोसानो सहयोगले गरेको हो । हामी अरू संस्थाभन्दा फरक छौँ । पछि आएर रोटरी क्लबले सहयोग गरको छ । अन्य अन्तर्राष्ट्रिय संस्थाको पनि सहयोग छ । सानोसानो सहयोगले यति ठूलो काम गर्न पायौँ ।

७२२ जनालाई सर्जरी गर्दा कति खर्च लाग्छ ?

सर्जिकल खर्च प्रति व्यक्ति २५ देखि ३० हजार रुपैयाँ लाग्छ । यही अपरेसन काठमाडौं मेडिकल कलेजमा गर्दा ३५ हजार रुपैयाँ लाग्छ । अथवा पाटन हस्पिटलमा गरियो भने पनि ३० देखि ३५ हजार रुपैयाँ लाग्छ । अन्य ह

राज्यको तर्फबाट केही सहयोग पाइएको छ ?

अहिलेसम्म प्राप्त गरेका छैनौँ ।

पहल गरिएको छ त ?

हामीले पहल पनि गरेका छैनौँ, सायद जानेका पनि छैनौँ । काम धेरै छ । कामबाहेक अरू केही देखिएको छैन ।

यसलाई निरन्तरता दिन चुनौती कस्तो देख्नुहुन्छ ?

सरकारबाट सहयोग भयो भने सकिनेछ । सहजीकरण पनि चाहियो । रेगुलर सपोर्ट फण्ड भयो भने सजिलो हुन्छ ।

यो काम राज्य संयन्त्रबाट गर्न सकिन्छ कि सकिन्न ?

किन नसक्नु । चाह्यो भने एकदमै राम्रो हुन्छ । अन्धोपनमा धेरै राम्रो काम भएको छ । कानको सजिलो नभए पनि गर्न सकिन्छ । कानमा सचेतना कम छ । कानको समस्या नदेखिने भएका कारण पनि समस्या छ । आँखामा राम्रो गरियो भने कानमा पनि गरिन्छ ।

कानमा काम गर्ने कति संस्था छन् ?

हामीलाई थाहा हुनेगरी जम्मा पाँचवटा संस्था रहेका छन् नेपालभरमा । स्कुललाई मात्रै केन्द्रित गर्ने हामी मात्रै हौँ ।

शिक्षा मन्त्रालयको केही सहयोग छ कि ?

शिक्षा तथा स्वास्थ्य मन्त्रालयबाट अनुमतिबाहेक अरू केही सहयोग छैन ।

स्कुलको सपोर्ट कति छ ?

मुख्यतयाः सरकारी स्कुलमा याे काम गरिएको छ । कुनैकुनै प्राइभेटमा गरिएको छ । प्राइभेटमा धेरै सजिलो छ काम गर्न, रेड कार्पेट नै छ तर सरकारीमा भन्ने हो भने दुःख लाग्छ, धेरै गाह्रो छ । कतिपय ठाउँमा राम्रो भए पनि समग्रमा सहयोग कम छ ।