आठ वर्षीय बालक बने  युट्युबबाट सबैभन्दा धेरै कमाउने व्यक्ति !

आठ वर्षीय बालक बने  युट्युबबाट सबैभन्दा धेरै कमाउने व्यक्ति !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष ४, २०७६

काठमाडौं, एजेन्सी । यस वर्ष आठ वर्षीय बालक रेयान काजीले आफ्नो युट्यूब च्यानलबाट २६ मिलियन डलर कमाएकाे समाचार  छ । फोब्स म्यागाजिनले २०७६ पुस २ गते बुधवार जारी गरेको लिस्टमा रेयानलाई यस प्लेटफर्ममा सबैभन्दा धेरै कमाउने व्यक्तिका रुपमा सामेल गरिएको छ । 

काजीको असली नाम रेयान गौन हो । फोब्सका अनुसार २०१८ मा पनि उनी भिडियो प्लेटफर्मबाट कमाई गर्नेको सूचीमा टपमा थिए । पछिल्लो वर्ष उनले २२ मिलियन डलर कमाएका थिए । 

उनको च्यानल रेयान्स वर्ल्ड २०१५ मा लन्च गरिएको थियो । त्यसबेला उनको उमेर केवल तीन वर्षको थियो । उनको च्यानलको सब्सक्राइबर केवल पाँच वर्षमा २२.९ मिलियन बनेका थिए । 

रेयान खेलौनाको अनबक्सिंग तथा त्यसलाई खेल्दै गरेको एउटा छोटो भिडियो बनाउँछन् । यसलाई उनका आमाबाबुले युट्यूबमा अपलोड गर्ने गर्छन् । यस च्यानललाई शुरुवातमा रेयान टोयज रिभ्यूको नामले चिनिन्थ्यो ।