केएमसीद्वारा महोत्तरीमा ४ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

केएमसीद्वारा महोत्तरीमा ४ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष ४, २०७६

काठमाडौँ  ।काठमाडौँ स्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल, पी‍. एन. पन्त फाउन्डेसन नेपाल तथा  गैरसरकारी संस्था आसमानको संयुक्त आयोजनामा महोत्तरी जिल्लाको औरहि नैनीगौरी गाउँमा  भएकाे निःशुल्क डेण्टल एवं साधारण स्वास्थ्य परीक्षणको शिविरमा करिब ४ सय जनाकाे परीक्षण गरिएकाे कलेजले जनाएकाे छ ।

२०७६ पौष ४ र ५ गते गरेर २ दिनसम्म  सञ्चालन हुने उक्त  निःशुल्क डेण्टल एवं साधारण स्वास्थ्य परीक्षणको शिविरकाे  आज पहिलाे दिन हाे ।  शिविर भेलीसम्म सञ्चालन हुने जनाइएकाे छ । 

सो शिविरकाे  नेतृत्व   कलेजकी कार्यकारी प्रमुख तथा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. चन्दा कार्कीको गर्नुभएकाे  छ । 

 शिविरमा प्रा.डा. कार्की  लगायत काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत १२ जना विशेषज्ञ चिकित्सकहरू सहित २० जना चिकित्सकहरू तथा वरिष्ठ नर्सहरूको टोली सहभागीता रहेकाे छ ।  

शिविरमा स्त्री रोग सम्बन्धी सेवा, मुख तथा दन्त रोग सम्बन्धी सेवा (बिग्रेको दाँत निकाल्ने समेत), नाक कान घाँटी रोग परीक्षण सेवा, साधारण मेडिकल चेक अफ सेवा सहित साधारण मुटु रोग परीक्षण तथा आधारभूत रगत परीक्षण (प्याथोलोजी सेवा) तथा ई.सी.जी सेवा समेत उपलब्ध गराइएकाे समेत कलेजले जानकारी  दिएकाे छ ।