५७०० वर्ष पुरानो चुइंगम !

५७०० वर्ष पुरानो चुइंगम !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष ५, २०७६

काठमाडौं, एजेन्सी । डेनमार्कको सिलथोलममा उत्खननका क्रममा ५७०० वर्ष पुरानो चुइंगम फेला पारेको छ ।  शोधकर्ताले यसको मद्दतबाट पाषाण युगको एक महिलाको डिएनए पत्ता लगाउन सफल भएका छन् । 

शोधकर्ताले के दाबी गरेका छन् भने मानव हड्डिका अलावा अन्य नमूनाबाट कुनै एक युगको मानवको डिएनए पत्ता लागेको यो पहिलो पटक हो । जुन महिलाले चुुइंगम चपाएकी थिइन् उनको कपाल कालो तथा छालाको रंग पनि कालो नै थियो । तर, आँखा भने निलो भएको पनि डिएनएबाट पत्ता लागेको छ । 

शोधकर्ताले पाषाण युगको ती महिलाको नाम लोला राखेका छन् । शोधकर्ताका अनुसार लोला जहाँ बसोबार गर्थिन् जीविकाका लागि त्यहाँका मानिसको मुख्य काम नै माछा मार्नु र शिकार खेल्ने हुने गथ्र्यो ।  

यो अध्ययन जर्नल नेचर कम्युनिकेशंसमा प्रकाशित गरिएको छ । 

शोधकर्ताका अनुसार भोजपत्रको एक रुखमा भेटिएको रालको नमूनाबाट पाषाण युगका मानवको आहार तथा तिनको मुखमा रहेको कीटाणुका बारेमा पनि पत्ता लागेको छ ।

यो खोज वैज्ञानिकका लागि हजारौं वर्षमा कीटाणु कसरी बदलिए र भविष्यमा कसरी विकसित हुन सक्नेछन्  भन्ने कुरा पत्ता लागेकाे छ।