पाँच वर्षकी बालिकाले  स्टलमा कोक तथा कूकीज बेचेर सय जनाको  खाजाको व्यवस्था !

पाँच वर्षकी बालिकाले  स्टलमा कोक तथा कूकीज बेचेर सय जनाको  खाजाको व्यवस्था !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष ५, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाको पाँच वर्षीय बच्ची कैथलीन हार्डीले सहयोगका लागि उमेर वाधक नहुने उदाहरण प्रस्तुत गरेकी छन् । उनले विद्यालयमा लन्चका लागि पैसा तिर्न नसक्ने विद्यार्थीका लागि केही गर्ने आँट गरिन् जुन उनले गरेर पनि देखाइन् । उनले १२३ विद्यार्थीका लागि सहयोग गर्ने लक्ष्य लिएकी थिइन् तर १०० जनालाई मात्र सहयोग गर्न सकिन् । 

कैथलीनकी आमा करीना हार्डीका अनुसार, छोरीले मसँग पहिले त्यस्ता विद्यार्थीका लागि सहयोग गर्नका लागि धेरै अनुराेध गरिन् । तर, मैले उसलाई संसारमा सबै हामीजस्तो भाग्यमानी नहुने बताएँ । हामीले उनीहरुका लागि जे गर्न सकिन्छ त्यो मात्र गर्ने हो । 

तर, त्यसले छोरीको चित्त बुझेन् र ऊ फेरि नयाँ सोचका साथ मेरो सामु आई । उसले भनी, म एउटा स्टलमा कोक तथा कूकीज राखेर बेचेर उनीहरुलाई सहयोग गर्छु । त्यसपछि हामी आमा छोरीले ८ डिसेम्बरमा स्टल लगाएर ८० डलर जम्मा गर्यौं । 

ब्रीज हिल इलेमेंटरी स्कूलका प्रिंसिपल लोरी हिगका अनुसार यी बच्चाहरुको लन्चको फी भुक्तानीका लागि पहिले पनि निकै कुरा भए तर यो सानो केटीले गरेर देखाइन् । 

उनकी आमा करीना हार्डीका अनुसार यस अभियानलाई उनी अघि बढाउन चाहन्छिन्, ताकि सबै जिल्लाका हजारौं बच्चाको लन्च फी भुक्तान गर्न सकियोस । यसका लागि कैथलीनले शोसल मिडियामा एक क्याम्पेन पनि शुरू गरेकी छन् ।