सुपरम्यानको पहिलो फिल्मको केप २ लाख डलरमा बिक्यो !

सुपरम्यानको पहिलो फिल्मको केप २ लाख डलरमा बिक्यो !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष ५, २०७६

काठमाडौं, एजेन्सी । सुपरम्यानको पहिलो फिल्मको केप २ लाख डलरमा बिकेको छ । हलिउड फिल्मको यादगार वस्तु बेच्ने अक्शन हाउसले यसको  जानकारी दिएको हो ।

जुलिएनको लीलामीमा १७ डिसेम्बरमा लगभग ४ सय सिनेफाइल वस्तुको बिक्री भएको थियो । 

सन् १९७८ मा आएको सुपरम्यानको पहिलो फिल्मको शुटिंगको दौरान छ वटा केप लगाइएको थियो । विक्रेतालाई स्टार ट्रेकको कैयौं कस्टयूम पनि प्राप्त भएको छ । जसमा क्याप्टेन जीनलुक पिकार्डमा पेट्रिक स्टीवर्टद्वारा लगाइएको युनिफर्म २८ हजार ८ सय डलरमा बिकेको छ । 

फिल्ममा लियोनार्ड निमोयले लगाएको रोमुलनको युनिफर्म डीप स्पेस नाइन भने २० हजार डलरमा बिकेको छ । जुलिएन लिलामी घरका अनुसार घोस्टबस्टर्स सेकेंडमा डेन अक्रायडले प्रयोग गरेको जम्पसूट पनि ३२ हजार डलरमा बिकेको छ । यो जम्पसूट हलिउडको प्रमुख यादगार चिज मध्ये एक थियो ।