मोटी महिलाहरूलाई हुन सक्छ मनोभ्रंस, बच्न यसो गर्नुहोस्

मोटी महिलाहरूलाई हुन सक्छ मनोभ्रंस, बच्न यसो गर्नुहोस्

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  पुष ११, २०७६

भर्खरै गरिएको एउटा अध्ययनमा दाबी गरिएको छ कि गलत तरिकाले खाने बानी भएका र कुनै काम सही तरिकाले नगर्ने बानीले मोटोपन बढ्न सक्छ, जुन पछि डिमेन्सिया वा मनोभ्रंसको कारण बन्छ ।

यस कुराको खुलासा बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक सारा फ्लाउडको अध्ययनमा गरिएको छ । फ्लाउड भन्छन् कि यी कारण र डिमेन्सियाको जोखिमका बीच अल्पकालीन प्रभाव कुनै व्यक्तिको व्यवहारमा परिवर्तनले देखाउँछ ।

शोधकर्ताहरूले अध्ययनको सुरुवातमा जुन महिला मोटोपनबाट ग्रस्त थिए, उनीहरूमा अन्य महिलाका तुलनामा डिमेन्सियाको खतरा २१ प््रतिशत बढी देखिएको पाए ।

अध्ययनमा सहभागी एक लाख ७७ हजार ९९१ म्हिलामा मोटोपनबाट ग्रस्त २.१ प््रतिशत वा तीन हजार ९४८ महिला डिमेन्सियाको सिकार भएका पाइयो ।

अध्ययनमा डिमेन्सियालाई मोटोपनसँग जोडिएको छ । तर, यदि समयमै मोटोपन नियन्त्रण गरिएमा सहजै डिमेन्सियाको खतरालाई क मगर्न सकिन्छ ।

मोटोपन घटाउन चाहनुहुन्छ भने तुरुन्त यी चिज लिन सुरु गर्नुहोस् ।

– तपाईंको कार्य रुटिनमा कार्डियो तथा वेट ट्रेनिङ/स्ट्रेन्थ ट्रेनिङ एक्सरसाइज दुवै समावेश गर्नुहोस् । कार्डियोले क्यालोरी पचाउन सहयोग गर्छ भने वेट ट्रेनिङ र स्ट्रेन्थ ट्रेनिङले खराब बोसोलाई कम गर्न, मांसपेसीलाई मजबुत बनाउन सहयोग गर्छ ।

– भोजनमा प्रोटिन सामेल गर्नुहोस् । प्रोटिनले मांसपेसी निर्माणमा सहयोग गर्छ, जुन स्वस्थ तरिकाले वजन घटाउने महत्त्वपूर्ण हिस्सा हो । अण्डा, दूध, डेरी उत्पादन, भटमास, माछा वा समुद्री भोजन र कुखुरा सबै प्रोटिनका स्रोत हुन् ।

– धेरै चिल्लो खानेकुरा बाट टाढा रहनुहोस् । आफ्नो खानामा सबै प्रकारका खानेकुरा हुनुपर्छ, जसमा चिल्लो वा बोसो, प्रोटिन, फाइबर आदि । तर, प्रशोधन गरिएका, प्याकेजिङ गरिएका, धेरै तारेका र गुलिया चिजबाट टाढा रहनुहोस् ।

– राम्ररी निदाउनुहोस् । राती राम्रो निदाउनु वजन घटाउने, स्वस्थ रहने र हार्मोनलाई सन्तुलित राख्ने महत्त्वपूर्ण उपाय हो । निद्राको कमीले भोक लगाउँछ र बढी खाइन्छ । स्वस्थ तरिकाले वजन घटाउन कम्तीमा सात घण्टा निदाउन जरुरी छ ।