पोखरा प्रिमियर लिग: दीपेन्द्रको अर्धशतक, बुटवललाई १ सय ४१ रनको लक्ष्य

पोखरा प्रिमियर लिग: दीपेन्द्रको अर्धशतक, बुटवललाई १ सय ४१ रनको लक्ष्य

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ६, २०७६

पोखरा । पोखरा प्रिमियर लिग टि–ट्वान्टी क्रिकेटमा धनगढी ब्लुजले बुटवल बलास्टर्सलाई जितका लागि १ सय ४१ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित १९ ओभर पाँच बलमा अल आउट हुँदै १४० रन बनाएको हो । 

 ४५ बल खेलेका कप्तान दिपेन्द्र सिंह ऐरीले ६ चौका र २ छक्काको सहयोगमा ६१ रनको योगदान गरे । दीपेन्द्र १७ ओभरको तेस्रो बलमा क्याच आउट भएका थिए ।

धनगढीले दोस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो । धनगढीका सुभेन्दु पाण्डे १ रन बनाएर आउट भए । उनलाई ललित भण्डारीले बोल्ड आउट गराएका हुन् । बुटवलले तेस्रो ओभरको तेस्रो बलमा आफ्नो दोस्रो विकेट गुमायो । धनगढीका रोर्डिको थोमस ५ रन बनाएर आउट भए । उनलाई सोमपाल कामीले बोल्ड आउट गराएका हुन् । 

चौथो ओभरको तेस्रो बलमा धनगढीले लगातार दोस्रो विकेट गुमायो । उनी लालित भण्डारीको बलमा सागर थापाको हातबाट क्याच आउट भएका हुन् । उनले रन बनाउन भने सेकनन् । 
१६ ओभरको अन्तिम बलमा अविनाश बोहोराले दीपक पुनियालाई ४ रनमा आउट गरे । अविनाशले पुनियालाई बोल्ड आउट गरेका हुन् ।

१९ ओभरको दोस्रो बलमा धनगढीले आफ्नो सातौं विकेट गुमायो । धनगढीका सौरव खनाल १० रन बनाएर आउट भए । उनी ललित भण्डारीको बलमा भिम सार्कीले क्याच आउट गराएका हुन् । 

आजको खेलमा दुबै टोलीलाई जितको आवश्यकता रहेको छ । धनगढी आजको खेलमा पराजित भएमा अघिल्लो चरण प्रवेश सम्भावना कमजोर रहने छ । अंक तालिकाको अन्तिम स्थानमा रहेको धनगढी तीन खेलमा एकमा जित र दुईमा पराजित रहँदै दुई अंक छ । 

उता बुटवलले आइतबारको खेलमा जित निकाल्न सकेमा प्लेअफमा आफ्नो सम्भावना बलियो बन्ने छ । तीन खेल खेलेको बुटवल दुईमा जित र एका पराजित हुँदै ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ ।