विराट कोहलीको सम्बन्धी १६ ट्याटु खाेपे फ्यान पिंटु बेहेराले !

विराट कोहलीको सम्बन्धी १६ ट्याटु  खाेपे फ्यान पिंटु बेहेराले  !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष ७, २०७६

काठमाडौं, एजेन्सी । भारतको उडिशाका पिंटु बेहेराले चरचित क्रिकेट खेलाडी विराट कोहलीको सबैभन्दा ठूलो फ्यान साबित गर्नका लागि पूरै शरीरमा १६ ट्याटु बनाएका छन् । उनको फोटो हाल शोसल मिडियामा भाइरल भैरहेको छ । उनले ट्याटुमा विराटको उपलब्धि लगायत जर्सी नम्बर १८ पनि ट्याटु गराएका छन् । बेहेराका अनुसार उनी भारतको हरेका म्याच हेर्न स्टेडियम मै जाने गरेका छन् । साथै उनले सँधै विराटलाई चीयर गर्ने गरेका छन् । 

बहरामपुरका ३१ वषीय बेहेरा एउटा सानो कन्ट्रयाक्टर हुन् । उनका अनुसार लामो समय पछि अक्टुबरमा साउथ अफ्रीका विरुद्धको तीन टेस्ट म्याचको सीरीज भन्दा अघि उनको भेट विशाखापट्नममा  विराटसँग भएको थियो । त्यसबेला विराटले उनलाई अंगालो हाले र उनले यसलाई एकदमै ठूलो उपलब्धिको रुपमा लिएका छन् । यसको फोटो पनि शोसल मिडियामा भाइरल भएको थियो ।