हराएको कुकुर खोजीमा विमानकाे प्रयाेग !

हराएको कुकुर खोजीमा विमानकाे प्रयाेग !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष ७, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाको एक महिलाले आफ्नो हराएको कुकुर खोज्न विमानको प्रयोग गरेकी छन् । विमानको प्रयोग गरेपनि उनको उक्त कुकुर भने फेला परेको छैन । कुकुर फेला पार्नेका लागि उनले आठ लाख रुपैयाँ इनाम दिने घोषणा समेत गरेकी छन् । यसका लागि उनले एउटा वेवसाइटको पनि शुरू गरेकी छन् । एमिली टेलेर्मो भन्छिन, म मेरो कुकुरका लागि जे पनि गर्न सक्छु किनकि म उसलाई धेरै नै माया गर्छु । 

खासमा एमिलीको अस्ट्रेलियन शेफर्ड जैक्शन १५ डिसेम्बरमा एउटा ग्रोसरी स्टोरबाट चोरी भएको थियो । एमिलीका अनुसार उसको ठेगाना बताउनेलाई आठ लाख रुपैयाँ दिइने तथा कुकुर खोज्नका लागि एउटा विमान पनि बुक गरिएको छ । तर, मौसम खराब भएका कारण सफलता हात लागेको छैन ।