उत्पादनमा खोट देखाउन सके एप्पलले  पुरस्कार  दिने घोषणा

उत्पादनमा खोट देखाउन सके एप्पलले  पुरस्कार  दिने घोषणा

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  पुष ७, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले आफ्नो उत्पादन तथा  अपरेटिंग सिस्टम सबैभन्दा सुरक्षित रहेको दाबी गर्दै आम मानिसलाई यसमा खोट देखाउन चुनाैती दिएको छ । कम्पनीले सेक्युरिटी बाउंटी प्रोग्राम घोषित गर्दै भनेको छ जसले उसको उत्पादनमा सुरक्षाको बारेमा खोट देखाउन सक्छ उसलाई १७ करोड रुपैयाँको पुरस्कार  दिने घोषणा गरेको छ । 

एप्पलले भनेको छ, यदि तपाईँले कम्पनी तथा सम्बन्धित डेभलपर अनभिज्ञ रहेको कुनै प्रकारको सुरक्षामा खोट पत्ता लगाउन सक्नुहुन्छ भने ५० प्रतिशत बोनस पनि दिने जनाएको छ । 
यसभन्दा अघि अगस्टमा पनि कम्पनीले बग प्रोग्रामलाई लिएर यस्तो घोषणा गरेको थियो । तर, यसपटक भने सबै सेक्युरिटी रिसर्चरलाई यो किसिमको खुला चुनौती दिइएको छ ।