भदौरियाले बनाए कुहिरोमा पनि चलाउन मिल्ने  स्मार्ट हेलमेट !

भदौरियाले बनाए कुहिरोमा पनि चलाउन मिल्ने  स्मार्ट हेलमेट !

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ७, २०७६

काठमाडौं, एजेन्सी । अब मोटरसाइकल चालकलाई स्मार्ट हेलमेटको मद्दतले कुहिरोमा पनि सवारी चलाउन सजिलो हुने भएको छ । यसले चालकलाई अगाडी कुनै गाडी भएको वा आउँदै गरेको छ भन्ने बारेमा जानकारी समेत दिनेछ । 

स्मार्ट हेलमेटमा रहेको अल्ट्रा सोनिक सेंसरले १४ मिटरको दूरी अगावै बीप बजाएर वाहन चालकलाई अगाडी कुनै वाहन भए नभएको वा आउँदै गरेको छ भन्ने बारेमा सूचना प्रदान गर्नेछ । साथै हेलमेटको शिशामा रहेको एलसीडीमा यसको दूरी पनि देख्न सकिनेछ । केवल १६०० रुपैयाँ मूल्य रहेको यस्तो हेलमेट छिमेकी राष्ट्र भारतको आर्मी पब्लिक स्कूलका संकल्प सिंह भदौरियाले बनाएका हुन् । 

यो मोडल एमिटी यूनिभर्सिटीमा शुरू भएको स्काई आर्टमा प्रदर्शित गरिएको थियो । यो आर्ट प्रदर्शनीमा सुधीति ग्लोबल एकेडेमी स्कूलका छात्र शाहबर अनवर तथा आर्यनले उक्त हेलमेटमा मादक पदार्थ सेवन गरे नगरेको जाँच्न मिल्ने ब्रेथ एनालाइजर सिस्टम जडान गरेर पनि देखाएका थिए ।