सपना, समृद्धि र मिलेनियम कम्प्याक्ट

सपना, समृद्धि र मिलेनियम कम्प्याक्ट

तीर्थ प्रसाईं  |  दृष्टिकोण  |  पुष ७, २०७६

राजनीतिमा बेच्ने भनेकै दुई चिज हुन्, एउटा सपना र अर्को त्रास ।

प्रेममा पनि यही लागू हुन्छ ।

प्रेम र राजनीति दुवैमा भविष्यका सपना र भविष्यका त्रासको भरमार कारोबार हुन्छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले चुनाव जितेपछि आफ्नो भाषणमा टेक्निकल रूपमा मरिसकेको अमेरिकी सपनालाई पुनस् जीवन दिए । उनले अमेरिकी सपनालाई उल्लेख गर्दै अमेरिका र त्यसबाहिरका आर्थिक अव्यवस्था हटाउने बाचा गरे । तर, अमेरिकी सपना वास्तवमै के हो भन्ने कतै प्रष्ट छैन ।

'अन्य बलिया, धेरै सामाजिक मिथकहरू जस्तै अमेरिकी सपना पनि प्रष्ट अर्थ आउने किसिमको छैन, न त यसको पत्रकारिताका विश्लेषणहरूबाट प्रष्ट अर्थ आउँछ, न शैक्षिक विश्लेषणहरूबाट नै ।' (ब्लुम) यसरी प्रष्ट अर्थ नआउनु तर जनताको मन मस्तिष्कमा राज गरिरहनु राजनीतिक सपनाहरूको काम हो ।

अमेरिकी नेताहरूको त्यस्तै अर्को अमूर्त सपना छ( लेट्स मेक अमेरिका ग्रेट अगेन 'अमेरिकालाई पुनस् महान् देश बनाऔँ' । यो पदावली अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनयता चुनावी नाराको रूपमा विल क्लिन्टन, हिलारी क्लिन्टन हुँदै डोनाल्ड ट्रम्पसम्मले प्रयोग गरिसकेका छन् ।

ट्रम्पको यो पदावलीको पछिल्लो प्रयोगलाई थुप्रोले यो रंगभेदी कोड नाराको रूपमा गोराहरूको वर्चस्व कायम गर्न अभिप्रेरित भएर बोलिएको हो भनेर मान्छन् भने अर्कोतिर यो शीतयुद्ध र सोभियत सङ्घको विघटनपछि अमेरिकाको विश्वमा खस्केको छवि उकास्न र अमेरिकालाई विश्वको सर्वशक्तिमान बनाउन प्रयोग गरिएको पदावली हो भनेर मान्छन् ।

यो पनि एउटा अमूर्त सपनाको बिक्री हो, आफ्ना हतियार नकिनेको झोँकमा कतारमाथि नाकाबन्दी, कुनै पनि सार्वभौम भूमिको अपमान गर्दै ग्रिनल्याण्ड टापु किन्ने प्रस्ताव, चिनियाँ सामानप्रतिको बढ्दो कर हुँदै सामाजिक संजालमा वातावरण बचाउन लागेकी किशोरी ग्रेटा थनबर्गसँग बाझ्दै बस्ने ट्रम्पको शैली हेर्दा उनी अमेरिकालाई फेरि ग्रेट र विश्वमा वर्चस्वशाली राष्ट्रको रूपमा देख्न कति नाङ्गो रूपमा काम गर्दै छन् भन्ने प्रष्ट देख्न सकिन्छ ।

सपना बिक्रीका साथै ट्रम्पले चुनावताका चिनियाँ र मेक्सिकनले अमेरिकीहरूको जागिर खोस्छन्, त्यसो हुन दिनुहुन्न भन्ने मनोवैज्ञानिक त्रास देखाएर अमेरिकी जनताको सेन्टिमेन्टलाई अपील गरेको कुरा हरारीले आफ्नो पुस्तकमा समेत उल्लेख गरेका छन् ।

अमेरिकालाई पुनस् महान देश बनाऔँ भन्दा पहिला पनि अमेरिका महान् देश थियो, बीचमा खस्केको हो भन्ने अर्थ लाग्छ । अमेरिका पहिला कुन समयमा र किन महान् थियो भन्ने कुरा कसैलाई थाहा छैन, बस्, उनीहरूलाई शक्तिसम्पन्न मुलुकको रूपमा विश्व राजनीतिमा अमेरिकी वर्चस्व कायम रहनुपर्छ भन्ने थाहा छ, विश्वमा बढ्दो चिनियाँ प्रभाव कम गर्न सके अमेरिका फेरि शक्तिशाली र महान् हुन्छ भन्ने थाहा छ ।

रमाइलो कुरा त के भने यसरी ओलीको सपनाको प्रक्षेपण भइरहेको समयमा केही ओलीका चाटुकारहरू साम्यवाद एकै पटक आउँदैन, त्यसलाई क्रमशस् ल्याउनुपर्छ भन्दै अझ कतै अस्तित्वमा नभएको असम्भव र कोरा सपनाको निमग्न प्रचारमा छन् । त्यति हुँदा पनि आफ्नो सैद्धान्तिक ह्रास र नग्न निर्लज्जता देखिरहेका छैनन् ।

त्यसैले उनीहरू सपनाको ललिपप मीठो मानेर खाइरहेका छन्, हरेक चुनावमा यस्ता नारा हुने नेतालाई विश्वास गरेर भोट हालिरहेका छन् ।

विश्वको प्रजातन्त्रको अग्रणी मानिने मुलुक अमेरिकाको राजनीतिमा यसरी एक पटक मात्र होइन, बारबार सपना र त्रास भरमार बिकिरहेका छन् भने अन्य विकासशील मुलुकमा ती नबिक्ने कुरै छैन । सपना र त्रास बेचेर वाम नेता प्रचण्ड अहिलेको अवस्थामा छन्, ओली रोगले थलिएर पनि मुलुकको प्रधानमन्त्री कायम छन् । केही दिनअघि एक जना छिमेकीले मलाई भनेका थिए- 'जनताले संविधानसभाको पहिलो चुनावमा माओवादीलाई फेरि फर्केर जङ्गल नजाओस् भनेर भोट हालेर बहुमत दिएका हुन्, त्यसबेला मैले पनि त्यही सोचेर माओवादीलाई भोट हालेँ ।'

एउटा बडो सामान्य कुरो के हो भने सपना र त्रासको राजनीति प्रक्षेपण गर्न एउटा जग स्थापित हुनु आवश्यक छ । प्रायजसो प्रेममा विवाह त्यो जग बन्छ, विवाह गर्ने, यस्तो घर बनाउने, यस्तो सुखी परिवार बनाउने भनेर प्रेमी तथा प्रेमिकाले आफ्ना सपना र भविष्यका त्रासलाई त्यसको जग दिएका हुन्छन् ।

विश्वमा आफ्नो वर्चस्व कमजोर हुँदै चिनियाँ वर्चस्व बढ्दै गएको आँकलन पछि तेस्रो विश्वमा आर्थिक लगानी गरेर फेरि महान् बनाउने आफ्नो सपनामा जग हाल्नु अमेरिकाको एक मात्र विकल्प हो । दाताको पैसा र रेमिट्यान्समा निर्भर विकासोन्मुख मुलुकहरूलाई भने आफ्ना सपनाको प्रक्षेपण गर्ने आधारको रूपमा दाताको पैसामा हात थापिहाल्नुपर्ने विवशता देखिन्छ ।

एउटा कृषकले खेती गरेर बाँच्न नसक्ने कृषिप्रधान देश छ, मुलुकको आर्थिक सबलताका लागि यति आफैँ गर्छौं भन्ने कुनै भिजन छैन, चुनावमा समृद्धिको सपना बेचिएको छ, अमेरिकी सपनाको विस्तारको जग खडा गर्दै गरेको मिलेनियम च्यालेन्ज अनुमोदन गर्न ओली किन आतुर छन् भन्ने बुझ्न यसभन्दा धेर केही बुझ्नुपर्दैन, कुनै पनि कुराका असर भन्ने कुरा त काम सुरु भएपछि मात्र देख्ने नेपाली बानी नै छ, त्यसको सुरुमै गम्भीर अध्ययन चाहिन्न ?

ओलीको समृद्धिको जग मिलेनियम च्यालेन्ज वा निजी क्षेत्रमा आस्रित हुनु कुनै संयोग होइन, कौडीको भाउमा चन्द्रागिरि व्यापारीलाई दोहन गर्न दिएर त्यहाँ जाँदा ओलीले त्यहाँका संरचना देखेर उत्फुल्ल भएर ुमरेपछि पनि सपना देख्न पाऊँु भनेर लेखेको धेर भएकै छैन । ओलीको समृद्धिको सपना पूरा गर्ने भनेकै चन्द्र ढकाल, यती होल्डिङ्ग्स, बसरुद्धिन अन्सारी आदि व्यापारी बन्दै गएको अधिकांश जनताले मान्न थालेका छन् ।

उदारवादी अर्थतन्त्रको जादूगरी चार्म के हो भने यो आत्मनिर्भरता सोच्दैन, मुलुक भाडामा लगाएर होस् वा जसरी होस्, दुई-चार आकर्षक संरचना बनाउन पाए मुलुक विकास भयो भनेर सोच्छ ।

मिलेनियम च्यालेन्ज जस्ता योजना संसदबाट अनुमोदन गर्नुपर्छ भन्ने कुरा नेपालको कानुनमा कतै लेखिएको छैन तर नेताहरू शिवको गलामा सर्प झुण्डिएजस्तै आफूले गरेका कार्यको बोझ देशको गलामा बोकाउन चाहन्छन् र पछि आउन सक्ने दोष संसदलाई लगाएर पन्छन चाहन्छन् भन्ने प्रष्ट देख्न सकिन्छ ।

उत्तिकैमा श्रीलंकाले असर अध्ययन गर्न भनेर थाती राखेको मिलेनियम च्यालेन्ज नेपालमा भने सभामुखसमेतलाई षड्यन्त्रपूर्वक जेलको बाटो देखाएर, आफूअनुकूल सभामुख फेरेर हतार हतार संसदबाट पारित गराएर प्रधानमन्त्री ओलीलाई सपनाको प्रक्षेपण गर्नुपर्छ भनेर कसले सिकाउँदै छ रु

रमाइलो कुरा त के भने यसरी ओलीको सपनाको प्रक्षेपण भइरहेको समयमा केही ओलीका चाटुकारहरू साम्यवाद एकै पटक आउँदैन, त्यसलाई क्रमशस् ल्याउनुपर्छ भन्दै अझ कतै अस्तित्वमा नभएको असम्भव र कोरा सपनाको निमग्न प्रचारमा छन् । त्यति हुँदा पनि आफ्नो सैद्धान्तिक ह्रास र नग्न निर्लज्जता देखिरहेका छैनन् ।