बाजुराका दुई स्थानीय तहमा बैंक नहुँदा स्थानीयवासी समस्यामा

बाजुराका दुई स्थानीय तहमा बैंक नहुँदा स्थानीयवासी समस्यामा

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ७, २०७६

बाजुरा । बाजुराका ९ स्थानीय तहमध्येका पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंके छैनन् ।  

जनप्रतिनिधि आएको अढाइ वर्ष हुदाँ पनि बैंक स्थापना नहुँदा स्थानीयवासी समस्यामा परेका छन् ।  जगन्नाथ गाउँपालिकाका अर्जुन विष्टले बैंकिङ कारोवार गर्न पैदल हिँडेर बूढीनन्दा नगरपालिका जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।

स्वामीकार्तिक गाउँपालिकाको केन्द्र पिलुचौरमा पनि बैंक नहुँदा स्थानीयवासीलाई निकै समस्या हुने बताउछन् ।  पालिकामा बैंक नहुँदा स्थानीयवासी बूढीनन्दा नगरपालिका धाउन बाध्य छन् । दुई वटै गाउँपालिकामा बैंक नभएपछि सोही नगरपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा कारोवार गर्ने गरेका छन् ।  गाउँपालिकामा बैंक स्थापना गरी सञ्चालनमा ल्याउन पहल गरेको ।