लागूऔषधसहित पक्राउ

लागूऔषधसहित  पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ७, २०७६

पाल्पा । लागूऔषधसहित पाल्पामा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ गर्नेमा हाइस गाडी हुँदै बुटवलबाट पोखरातर्फ गइरहेका बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ल रहेका छन् । उनलाई दोभान प्रहरीचौकी पाल्पाले तिनाउ गाउँपालिका– ३, दोभानबाट लागू औषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

गत मंसिर अन्तिम साता पनि दोभान झुम्साबाटै लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको थियो । पटक पटक लागूऔषध ओसारपसारमा संलग्न केही व्यक्ति यही क्षेत्रमा फेला पार्न थालेपछि प्रहरीले सवारी साधन जाँच कडाईका साथ गर्दै आएको छ ।