पाँचदिनदेखि स्थिर रहेको सुनको मूल्यमा बृद्धि

पाँचदिनदेखि स्थिर रहेको सुनको मूल्यमा बृद्धि

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ७, २०७६

काठमाडौं । पाँचदिनदेखि स्थिर रहेको सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार पाँच दिनदेखि प्रतितोला ७१ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला ३ सय रुपैयाँ वृद्धि भएको हो ।
बजारमा छापावाला सुन प्रतितोला ७१ हजार ९ सय र तेजावी सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको महासंघले बताएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । आइतबार प्रतितोला ८ सइ ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमाबार प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।