व्यापारीलाई धम्काइ रकम असुलउपर गर्ने दुईजना पक्राउ !

व्यापारीलाई धम्काइ रकम असुलउपर  गर्ने  दुईजना पक्राउ !

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ७, २०७६

काठमाडौं । महानगरीय अपराध नियन्त्रण महाशाखाले गुण्डागर्दीमा संलग्न रहेका दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपुर देवचुलीका दुर्गा भन्ने देवान राई र काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णुबहादुर धिताल रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुले काठमाडौँ उपत्यकामा सर्बसाधारण मानिस तथा व्यापारीलाई फोनमार्फत धम्काइ रकम माग गर्ने र नदिएमा हातहतियार देखाइ ज्यान मार्ने तथा हातखुट्टा भाँचिदिने धम्की दिँदै आएका थिए ।

आइतबार पक्राउ परेका उनीहरुलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । 

उनीहरु विरुद्ध उजुरीसमेत परेको जनाइएको छ ।