मस्तिष्कघात ‘रिकोभरी’: ‘भिजवल डिफेक्ट’ प्रति चिकित्सकहरूको असावधानी !

मस्तिष्कघात ‘रिकोभरी’: ‘भिजवल डिफेक्ट’ प्रति चिकित्सकहरूको असावधानी !

प्रा.डा. रवीन्द्र श्रेष्ठ  |  दृष्टिकोण  |  पुष ८, २०७६

मस्तिष्कघात धेरै घातक र सबैजसोलाई हुने रोगका रूपमा लिइन्छ । यसलाई चिकित्सक वा समान्य मानिसले सामान्य ‘स्ट्रोक’ भनेर लिने र बुझ्ने गरिएको छ । यसलाई धेरै घातक तथा ‘कमन’ रोगमा लिन थालिएको छ ।

यो रोग नेपाली परंपरागत समाजमा सामान्यतयाः ‘प्यारालाइसिस’का रूपमा परिचित छ । अथवा शरीरको कुनै भाग नचल्ने रोगलाई ‘स्ट्रोक’ आएको भनिन्छ ।

संसारमा प्रत्येक एक लाख जनसंख्यामा झण्डै ३०० जनामा ‘स्ट्रोक’ रोग आएको  पाइएको छ । अर्थात् नेपालको तीन करोड जनसंख्यालाई आधार बनाएर हेर्ने हो भने करिब ९० हजार मस्तिष्कघात रोगको आक्रमणको सिकार भएको आँकडाहरूको अध्ययनबाट देख्न सकिन्छ । यो आँकडा हरेक एक वर्षको हो । 

त्यसैले पनि यस रोगलाई एकदमै कमन रोगका रूपमा लिइएको  हो । मस्तिष्कघात रोगको मुख्य लक्षण भनेको शरीरको कुनै भाग नचल्नु हो । कुनै पनि शरीरको भाग हात या खुट्टाको भाग प्यारालाइसिस वा नचल्ने हुन सक्छ ।

यदि शरीरको कुनै अंग कमजोर भएर नियमित रूपमा सञ्चालित भएन भने मान्न सकिन्छ ‘स्ट्रोक’ भयो । त्यहीँबाट यस रोगको शंका पहिलो चरणमा गरिनुपर्छ । त्यस्तो भयो भने तत्काल चिकित्सककहाँ पुगेर ‘स्ट्रोक’ आएको हो कि होइन भनेर सुनिश्चित गर्नु जरुरी छ ।

दोस्रो चरणमा मानिस बेहोस पनि हुन सक्छ, उसको बोली नफुट्न नसक्छ । अरूले भनेको मानिसले नबुझ्न पनि सक्छ । उसले नबोल्न पनि सक्छ, उसको बोली नआउन पनि सक्छ । उसकोे दिशा, पिसाब नियन्त्रण नहुन पनि सक्छ । मानिस अर्धचेत वा पूरै अचेतको अवस्थामा पनि जान सक्छ । यस्तो मानसिलाई ‘स्ट्रोक’ भएको मानिन्छ ।

मस्तिष्कघात रोगले शरीरको कुनैकुनै अंगलाई गम्भीर खालको असर पुर्‍याउने र त्यसले काम नै गर्न नसक्ने अवस्थामा पुर्‍याउने हो । यस्तै असर मस्तिष्कघात रोगले आँखामा पनि पुर्‍याउने गर्छ । धेरैलाई मस्तिष्कघात रोग आँखाको विषयमा जानकारी नहुने गरेको छ ।

बिरामीलाई थाहा नहुनुलाई समान्य रूपमा लिन सकिएला तर  चिकित्सकहरूलाई पनि थाहा नभएर पूर्णतया हेलचेक्र्याइँ गरिरहेको पाइन्छ । मस्तिष्कघात रोगकका कारण मानिसको आँखाको ज्योति गुमेका अनेकौँ उदारणहरू पाइन्छन्  । यसको आँकडा हेर्‍यो भने मस्तिष्कघात रोग भएको मानिसहरूलाई कुनै न कुनै रूपको प्यारालाइसिस त हुने नै भयो ।

त्यसको अलावा बोली पनि नफुट्ने मात्र होइन, मानिसका आँखाको ज्योति  गुम्ने सम्भावना लगभग ७० प्रतिशत हुन्छ, जुन कुरा बिरामीलाई थाहा नहुनु स्वाभाविक छ । किनभने ऊ अर्धचेत वा अचेत पनि हुन सक्छ ।

बिरामी राम्रोसँग बोल्न पनि सकिरहेको हुँदेन तर चिकित्सकले आँखाको ज्योतिमा कुनै न कुनै आक्रमण पनि भएको हुन सक्छ भन्ने कुरामा खाुै ध्यान दिएको पाइँदैन । किनभने चिकित्सकको पहिलो प्राथमिकता बिरामीको जीवन सुरक्षा गरौँ भन्ने हुन्छ र ऊ जीवनको रक्षामा नै केन्द्रित हुनु स्वाभाविक पनि हो ।

समान्यतया चिकित्सकहरूको ध्यान शरीरको अन्य अंगभंगमा केन्द्रित नभएको हुन सक्छ । अधिकांश मस्तिष्कघात भएका मानिसहरूमध्ये ५० देखि ७० प्रतिशतसम्मलाई आँखाको भिजन गएको आँकडाले देखाउँछ ।

मस्तिष्कघात भएको मान्छेको आँखाको ‘रिकभर’ पनि उमेरअनुसार फरक पर्छ । मस्तिष्कघात सामान्यतया उमेर धेरै भएकोलाई ५० वर्षभन्दा कम उमेरकाको ‘रिकभर’ हुने सम्भावना हुन्छ भने ६० वर्षभन्दा बढी उमेरकालाई भने मस्तिष्कघात भयो र ‘क्राइसिस’ टर्‍यो भने पनि प्यारलाइसिस भइरहेको हुन्छ र केही हदसम्म ‘रिकभरी’ हुने सम्भावना हुन्छ ।

यसलाई ‘भिजन डिफेक्ट’ भनेर भन्ने गरिएको छ । ‘भिजन डिफेक्ट’मा विभिन्न किसिमका डिफेक्ट हुन्छन् । कुनै दृश्यको एक भागमा नदेख्ने पनि हुन सक्छ । त्यसो हुँदा मस्तिष्कघात ‘रिकभरी’ भएपछि त्यो भागले काम नगरिदिँदा बिरामीलाई थाहा नहुँदा नहुँदै ठूलठूला दुर्घटना भई जीवन असुरक्षित हुने संभावना हुन्छ ।

सबै मस्तिष्कघात रोग भएका मान्छे ‘रिकभर’ हुन्छ भन्ने त हुँदैन तर समयमा उपचार हुन सकेमा धेरै मानिस निको हुने अधिक सम्भावना हुन्छ । जब मानिस ‘रिकभर’ भई आफ्नो पूरानो जीवनशैलीमा फर्कन्छ, त्यसरी पुरानो जीवनशैलीमा फर्कनुुपूर्व बिरामीको ‘भिजन चेक’ गर्नु अति आवश्यक छ । किनभने यो परीक्षणबाट पूर्ववत् गरिरहेका काममा के गर्नुहुन्छ वा गर्नुहुँदैन भन्नेबारेमा थाहा हुनु पनि त्यतिकै आवश्यक छ । 

मस्तिष्कघात भएको बिरामी ‘रिकभर’ भएपछि या ‘रोकभरी फेज’मा उसको भिजन पनि परीक्षण गर्न नितान्त आवश्यक छ ।

कुन अवस्थामा ‘रिकभर’ संभव छ भन्ने प्रश्न उठ्न सक्छ । यो मस्तिष्कघात उमेरमा भर पर्दोरहेछ । यदि ४० वर्षभन्दा कमको रहेको छ भने ‘रिकभर’ हुने सम्भावना बढी हुने रहेछ । तर, बूढो ७० वर्षमा मस्तिष्कघात भएको छ भने त्यसबेला भिजन समस्या पनि छ भने ‘रिकभरी’ एकदमै गाह्रो हुने रहेछ ।

समग्रमा, ४० वर्षमुनिकालाई भयो भने, एक भाग गएको छ भने त्यो ‘रिकभर’ हुन्छ तर सबै ‘रिकभर’ नै हुन्छ भन्नेचाहिँ हुँदैन ।

हाम्रो उपचार पद्यतिमा भिजन परीक्षण, जो हालसम्म खास प्राथमिकतामा राखिएको छैन । हामीले उपचार गर्दा बिरामीको  ‘रिकभरी’ भएपछि अथवा जीवन सुरक्षित भएपछि त्यसमा आँखाको विशेषज्ञलाई पनि आवद्ध गराउनु अति जरुरी छ ।

बिरामीको भिजनमा कुनै खालको समस्या परेको छ कि छैन ? छ भने कस्तो परेको छ त ? भनेर परीक्षणपश्चात् त्यस क्रममा आँखाको चिकित्सकलाई पनि राख्यौँ भने आँखाको ज्योति ‘रिकभर’ हुने एकदमै बढी सम्भावना हुन्छ । यसो नगर्दा र आँखाको उपचार नहुँदा अन्धोपना आउने संभावना बढी हुन्छ ।

अन्धोपना पनि हुन सक्छ । मस्तिष्कघात रोगले फरक किसिमको  रहेको हुन्छ । एक किसिममा ‘भिजनको सेन्टर’ हुन्छ । ब्रेनमा त्यो भागमा नसा खुम्चिएर गयो भने पनि अन्धोपना पनि हुन्छ । तर, अन्य भागमा भयो भने कुनै भाग देखिने कुनै भाग नदेखिन पनि हुन सक्छ ।

मस्तिष्कघातका बिरामीको उपचार गर्दा चिकित्सकले समयमा नै भिजनमा ध्यान नपुगेका कारण बिमारीको ‘रिकभरी’ भएपछि ठूलो समस्या सामना गर्नुपरिरहेको छ ।

चिकित्सक मस्तिष्कघातकै उपचारमा केन्द्रित हुन्छ तर आँखामा पनि समस्या परेको हुन सक्छ भन्ने सामान्य अनुमानसम्म गरिरहेको हुँदैन । त्यस्तो समस्या पनि हामीले खोतलेर हेर्नुपर्छ । आँखाका डाक्टरसँग मिलेर पनि अघि बढ्नुपर्ने हुन्छ ।

मस्तिष्कघात भएको मान्छेको आँखाको ‘रिकभर’ पनि उमेरअनुसार फरक पर्छ । मस्तिष्कघात सामान्यतया उमेर धेरै भएकोलाई ५० वर्षभन्दा कम उमेरकाको ‘रिकभर’ हुने सम्भावना हुन्छ भने ६० वर्षभन्दा बढी उमेरकालाई भने मस्तिष्कघात भयो र ‘क्राइसिस’ टर्‍यो  भने पनि प्यारलाइसिस भइरहेको हुन्छ  र केही हदसम्म ‘रिकभरी’ हुने सम्भावना हुन्छ ।

मस्तिष्कघात रोग ‘रिकभरी’पश्चात् मानिसको ‘क्वालिटी लाइफ’ बनाउन पनि आँखामा ध्यान पुगिरेहको छैन । त्यो सामान्य हेराइमा देखिने कुरा हेइन । अतः भिजन गएपछि उसलाई समस्या हुन्छ । आफ्नो पेसामा फर्कन समान्य जीवनमा फर्कन पनि गाह्रो हुने गर्छ ।