नेपाल प्रज्ञाप्रतिष्ठानले माघ १५-१६ मा गजल महाेत्सव गर्ने

नेपाल प्रज्ञाप्रतिष्ठानले माघ १५-१६ मा गजल महाेत्सव गर्ने

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष ८, २०७६

नेपाल प्रज्ञाप्रतिष्ठानले आगामी माघ १५ र १६ गते राष्ट्रिय गजल महाेत्सव गर्ने भएको छ ।

पुस ७ गते नेपाल प्रज्ञाप्रतिष्ठानकाे साहित्य पद्य/काव्य विभागकाे संयाेजनमा भएको गजलविज्ञ र अभियन्तासँगको भेटमा उक्त जानकारी गराइएको हो ।

राष्ट्रिय युवा परिषद्सँगकाे सहकार्यमा नेपाल प्रज्ञाप्रतिष्ठानमा आगामी माघ १५ र १६ गते हुने राष्ट्रिय गजल महाेत्सव, २०७६ मा काव्य विभागकाे संयाेजनमा घनश्याम न्याैपाने परिश्रमी र गाेपाल अश्कद्वारा सम्पादित प्रज्ञा आधुनिक नेपाली गजलसङ्ग्रह र लोकसाहित्य-बालसाहित्य विभागको संयोजनमा प्रभाती किरण र रूपक अलङ्कारद्वारा सम्पादित प्रज्ञा नेपाली बालगजलकाे सार्वजनिकीकरण पनि हुनेछ ।

बैठकमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव एवं निमित्त कुलपति प्रा. जगतप्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्यहरू,  काव्य विभागका सदस्यहरू र गजल क्षेत्रका विशिष्ट व्यक्तित्वहरूकाे उपस्थिति  रहेकाे थियाे । 

गजल महाेत्सवमा मुलुकका सातै प्रदेशबाट प्रतिनिधिमूलक सहभागिता गराउने र गजल वाचन, गजलसम्बन्धी बहस, गजलगाेष्ठी एवं गजल सन्ध्या कार्यक्रम सम्पन्न गर्नेलगायतका विषयमा छलफल भयाे ।

काव्य विभाग प्रमुख प्रा. डा.हेमनाथ पाैडेलकाे संयाेजनमा भएकाे छलफल कार्यक्रममा प्राज्ञहरू प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गाेपीन्द्र पाैडेल, लक्ष्मी माली, डा. देवी नेपाल, डा. गीता त्रिपाठी, शशि लुमुम्बू, नन्दु उप्रेती एवं वासुदेव अधिकारी, डा. विन्दु शर्मा, प्रा.डा. सुधन पाैडेलको उपस्थिति थियो ।

यसरी नै गजल क्षेत्रका विशिष्ट स्रष्टाहरू ज्ञानुवाकर पाैडेल, रामबहादुर पहाडी, वियाेगी बुढाथाेकी, डा. घनश्याम न्याैपाने परिश्रमी, डा. नारायण गैरे, ललिजन रावल, घनेन्द्र ओझा, बाबु त्रिपाठी, रवि प्राञ्जल, प्रभाती किरण, बलराम दाहाल, शान्ति शर्मा, मन्दिरा मधुश्री, करुण थापा, गाेपाल अश्क, रूपक अलङ्कार आदिकाे पनि उपस्थिति थियाे ।