जायद बीन रसिद अल जायनीलाई नेपाल भ्रमणको निम्ताे

जायद बीन रसिद अल जायनीलाई नेपाल भ्रमणको निम्ताे

लोकसंवाद संवाददाता  |  पर्यटन  |  पुष ९, २०७६

काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटन मन्त्री जायद बीन रसिद अल जायनीलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेको छ। 

२०२० जनवरी १ मा नेपालमा आयोजना हुने मिनिस्ट्रियल क्यानलेभ तथा नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको तर्फबाट राजदूत सुन्दासले पर्यटन मन्त्री जायनीलाई मंगलबार निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको हो ।

मानमाको मन्त्री कार्यालयमा भएको भेटका क्रममा राजदूत सुन्दासले उहाँलाई निमन्त्रणा पत्र हस्तान्तरण गर्नुका साथै मानमाको नेपाली राजदूतावासले सन् २०२० जनवरी १३ मा आयोजना गर्ने नेपाल भ्रमण वर्षको समुद्घाटन कार्यक्रममा समेत प्रमुख अतिथिको रुपमा सहभागिताका लागि आमन्त्रणा गर्नुभयो ।

दुवै समारोहमा निमन्त्रणा गरेकोमा भेटमा मन्त्री जायनीले नेपाल सरकारप्रति आभार व्यक्त गर्दै आफू र आफ्नो परिवारको नेपाल भ्रमण गर्ने चाहना रहेको जानकारी दिनुभएको राजदूतावासले जनाएको छ ।
उहाँले नेपाल भ्रमण वर्षको अवसरमा बहराइनमा हुने कार्यक्रममा सहभागी हुने जानकारी समेत दिनेुभयो ।