सवारी दुर्घटनामा चारको मृत्यु

सवारी दुर्घटनामा चारको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ९, २०७६

काठमाडाैं । विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

सप्तरी, रुपनी गाउँपालिका–६ वीरेन्द्रबजारनजिक स१ज १३८१ नम्बरको जीपले स१०प ८२५ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको युनिक अस्पताल रुपनी हुँदै सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी सुरुंगा नगरपालिका– कदमाहस्थित सडकमा ना३ख १२६९ नम्बरको बसले ना६५प ९०४५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहा लक्ष्मीपुर पतार गाउँपालिका–२ बस्ने २६ वर्षीय अरुणप्रसाद साहको राउ स्मारक अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सिरहा लक्ष्मीपुर पतार गाउँपालिका–२ कि १८ वर्षीया कल्पना कुमारीको सप्तऋषि अस्पताल लहान सिरहामा उपचार भइरहेको छ।

फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।

रुपन्देही, रोहिणी गाउँपालिका–३ रामनगरस्थित सडकमा ना५च ५८१ नम्बरको जीपले लु५१प ९५५३ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रोहिणी गाउँपालिका–३ का ४२ वर्षीय वृजकिशोरप्रसाद गुप्ताको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।