अपरिचित व्यक्तिको सुतेकै अवस्थामा मृत्यु

अपरिचित व्यक्तिको सुतेकै अवस्थामा मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ९, २०७६

काठमाडौं । मानव सेवा आश्रम रानीघाटमा सुतेकै अवस्थामा एक जना पुरुष मृत फेला परेका छन् ।

गत असार २२ गते वीरगञ्जको घण्टाघरबाट उद्धार गरि लगिएका करिब ५० वर्षीय परिचय खुल्न नसकेका व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
गएराती सकुशल सुतेका उनी विहान मृत अवस्थामा देखेपछि आश्रमले प्रहरीलाई खबर गरेको थियो ।

वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले घट्नास्थल तथा शव जाँच मुचुल्का लगायतका प्रारम्भीक अनुसन्धान कार्य गरी सब पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।