धनमाल चोरी गरी फरार

धनमाल चोरी गरी फरार

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १०, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका–९ घर भएका ३१ वर्षीय प्रज्वल घिमिरेको कोठाबाट सुनका बिभिन्नगरहना र मोवाइल १ थान समेत गरी करिब १ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । 

यसैगरी काठमाडौं,बुढानिलकण्ठ नगरपालिका–१० कपन मिलनचोक बस्ने सरु आचार्यको घरबाट नगदतथा सुनका विभिन्न गरगहनाहरु समेत गरी करिब ३ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
 
यसैगरी काठमाडौं,टोखा नगरपालिका–९ स्थितमोरङ पर्वत धौलागिरी गेष्ट हाउसको कोठा नम्बर १२१ मा बस्ने ईलाम पञ्जली घर भएको मधुमाया तामाङको नगद ९७ हजार रुपैयाँ र मोवाइल समेत गरी १ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ । 

ललितपुर,गोदावरी नगरपालिका–१ दमाईटारस्थित कोपिला बाल गृहबाटनगद २ लाख ९० हजार रुपैयाँ र सुनका विभिन्न गरगहनाहरु समेत गरी करिब ६ लाख १ हजार रुपैयाँ बराबर धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
 
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।