पीपीएल: विराटनगरका सुनिल धमलाले बनाए अर्धशतक, बुटवललाई १६६ रनको लक्ष्य

पीपीएल:  विराटनगरका सुनिल धमलाले बनाए अर्धशतक, बुटवललाई १६६ रनको लक्ष्य

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष १०, २०७६

काठमाडौं । दोस्रो सस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट अन्तर्गत इलिमिनेटरमा विराटनगर टाइटान्सले बुटवल बलास्टर्सलाई १६६ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६५ रन बनाएको हो ।

विराटनगरका लागि सुनीलले अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ६१ रन बनाए ।

त्यस्तै कप्तान प्रदीप ऐरीले ३३ रन बनाउँदा पुनित मेहेरा र लोकेश भामले समान १९–१९ रनको योगदान गरे । विराटनगरका लागि ओपनरमा आएका मोहमद जहिद आलमले २० रन बनाउँन बाहेक अन्य ब्यट्म्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ बुटवलका लागि हर्ष टङले दुई विकेट लिए । त्यस्तै ललित भण्डारी र अविनाश बोहोराले एक–एक विकेट लिए ।

बिहीबारको खेलमा जित निकाल्दै दुवै टोली फाइनलमा स्थान बनाउने योजनामा छन् । फाइनल खेल शनिबार हुनेछ ।