निष्क्रिय जीवनशैलीले निम्त्याउँने रोगहरु

निष्क्रिय जीवनशैलीले  निम्त्याउँने रोगहरु

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  पुष ११, २०७६

तपाईं आफ्नो शरीरलाई सक्रिय बनाउन चाहनुहुन्छ भने हप्तामा १५० मिनेट द्रुत गतिमा काम गर्नुपर्ने देखिएको छ । विश्‍व स्वास्थ्य संगठनका अनुसार छिटो दौडने, बगैँचा बनाउने, पौडी खेल्ने, खेल खेल्ने वा व्यायाम गर्ने वा प्रति हप्ता ७५ मिनेट हाइपरएक्टिभ एरोबोटिक शारीरिक गतिविधि गर्नुपर्ने हुन्छ ।

मांसपेशीहरूलाई सुदृढ पार्ने व्यायाम पनि हप्ताको २ दिन गर्नुपर्छ । यी निर्देशनहरू १८ वर्षदेखि ६४ वर्षसम्मका व्यक्तिहरूका लागि धेरै राम्रो मानिने डब्लुएचओको प्रतिवेदनले औँल्याएको छ ।

प्राय: बिहान सबेरै नउठ्ने, शारीरिक व्यायाम नगर्ने, हिँड्न नखोज्ने र राती अबेरसम्म नसुत्ने, आफ्नो स्वास्थ्यको चिन्ता नगरी बाहिर खान जाने जस्ता विभिन्न कारणले गर्दा हामी निष्क्रिय बन्दै गइरहेको उल्लेख गरिएको छ।

निष्क्रिय जीवनशैली शरीरका लागि त्यति नै घातक छ, जति धुम्रपान र मोटाइबाट हुने गर्छ । यस्ता व्यक्तिहरूमा मृत्यु दर ६ प्रतिशतले बढ्छ । स्तन र कोलन क्यान्सरको जोखिम २१ देखि २५ प्रतिशत, मधुमेहको २७ प्रतिशत र हृदय रोगको खतरा ३० प्रतिशत बढ्छ ।

३ प्रतिशत महिलाहरूले मात्र शारीरिक व्यायाम गर्ने गरेको अनुसन्धानबाट देखिन्छ । त्यसैले बाँकी सबै महिलाहरूमा रक्तचाप, हृदय रोग, स्ट्रोक, मधुमेह, स्तन क्यान्सर, कोलोन क्यान्सर, मोटोपना र हड्डीसम्बन्धी धेरै रोगहरू हुने गरेको देखिएको छ ।

डा. मोहन डायबिटिज विशेषज्ञ केन्द्रले ४ राज्यमा एउटा सर्वेक्षण गर्दा स्वास्थ्य चेतना भए पनि शारीरिक गतिविधिलाई वृद्धि गर्न सक्दैन भने उसको शरीर स्वस्थ जस्तो देखिन्छ तर निष्क्रिय नै हुन्छ भन्ने कुरा पत्ता लगाएको छ ।

केन्द्रका अनुसार गत १० वर्षमा शहरी क्षेत्रहरूमा निश्चित रूपले सुधार भएको छ र अधिक व्यक्तिले पदयात्रा जस्ता गतिविधि गर्न थालेका छन् ।

उक्त केन्द्रले सन् २०१७ को अध्ययनमा शहरी क्षेत्रहरूमा मधुमेह र प्रिडायबिटिजको मात्रामा केही हदसम्म कमी आएको पत्ता लगाएको थियो । तर, शहरका गरिब मानिस र गाउँका धनी मानिसहरूमा यो वृद्धि भइरहेको छ किनभने उनीहरू स्वस्थ जीवनशैली अपनाइरहेका छैनन्।

तथ्यांकका अनुसार विश्वमा २७.५ प्रतिशत व्यक्तिहरूले शारीरिक गतिविधि गर्छन् तर विश्व स्वास्थ्य संगठनले तोकेको स्तरभन्दा भने धेरै कम रहेका छन् । शारीरीक गतिविधिमा महिलाभन्दा पुरुष धेरै सक्रिय छन् । जुन देश धेरै विकसित छ, त्यहाँ शारीरिक गतिविधिहरू त्यति नै कम छन् ।

निष्क्रिय जीवनशैली शरीरका लागि त्यति नै घातक छ, जति धुम्रपान र मोटाइबाट हुने गर्छ । यस्ता व्यक्तिहरूमा मृत्यु दर ६ प्रतिशतले बढ्छ । स्तन र कोलन क्यान्सरको जोखिम २१ देखि २५ प्रतिशत, मधुमेहको २७ प्रतिशत र हृदय रोगको खतरा ३० प्रतिशत बढ्छ ।

यो वैज्ञानिक दृष्ट्रिकोणबाट प्रमाणित भइसकेको छ कि शारीरिक सक्रियताले हाम्रा मंसपेशीहरू, मुटु र फोक्सोको फिटनेस बढाउँछ । हड्डीहरूलाई बलियो पार्छ र हृदय रोग र धेरै प्रकारका क्यान्सरको खतरा कम हुने गर्छ ।

स्वास्थ व्यक्ति यदि ३० मिनेटसम्म लगातार हिँड्दा, नाच्दा, दौडिँदा वा पौडी खेल्दा मात्रै पनि धेरै बिमारसँग टाढा रहन सक्ने मात्र होइन, शारीरिक रूपबाट नै स्वास्थ जीवन बाँच्न सक्छन् । हामीले कम्तीमा पनि ६० मिनेटसम्म शारीरिक क्रियाकलाप वा १० हजार पाइला चाल्ने प्रयास गर्नु राम्रो मानिन्छ ।

डब्लुएचएओका अनुसार ६५ वर्षभन्दा धेरै उमेर हुने मानिसले प्रति हप्ता १५० मिनेट हिँड्ने, साइक्लिङ गर्ने, खेल्ने वा हल्का व्यायम गर्ने गर्नुपर्छ ।