नगद सहित ६ जना जुवाडे पक्राउ

नगद सहित ६ जना जुवाडे पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ११, २०७६

भक्तपुर । सूर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने ४२ वर्षीय राम रानाभाटको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय जीवन श्रेष्ठ समेत ६ जनालाई नगद ५१ हजार ९५ रुपैयाँ र ३ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।